प्रतिभाशाली युवा गायक एवं संगीतकार जनमको कोरोनाका कारण निधन

Written by Artist Sansar

काठमाडौं, १५ जेठ । प्रतिभाशाली युवा गायक एवं संगीतकार थुलुङको कोरोना संक्रमणबाट बिहीबार राति निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि राजधानीस्थित एक अस्पस्तालमा उपचाररत उनेका उपचारकै क्रममा निधन भएको हो । जनमको निधनले नेपाली सांगीतिक क्षेत्रले एक होनाहर प्रतिभालाई गुमाएको छ । यसले आम संगीत क्षेत्रलाई अतुलनीय क्षति भएको छ ।

‘मरे कटुन्जे’, ‘संजोगले भेट हुँदा आँशु खस्यो’, ‘हर्षले बाँचे फेरि भेटौंला है’जस्ता चर्चित गीत गायक तथा संगीतकार जनम थुलुङको पारिवारिक स्रोतका अनुसार उनलाई एक हप्ताअघि मात्र कोरोना पुष्टि थियो । उनी केही यता अस्पतालको सघन कक्षमा उपचारत थिए ।

खोटाङको महेश्वरी (ऐशेलुखर्क)का ३३ वर्षीय जनम विगत एक दशकदेखि निरन्तर संगीतसिर्जना, अध्ययन तथा अनुसन्धानमा क्रियाशील थिए । संगीतमा स्नातक गरेका जनमले दुई दर्जनभन्दा बढी गीतहरुमा स्वर तथा दर्जनौँ गीतमा संगीत दिएका छन् ।

दिवंगत गायक जनमका खुवालुङ खुल खुल, मरे कटुन्जे, रोक्नी वो च्योमिम्, झापा कोङ्ङ्गा डुमु बासी, बकि बकि स्यो, हाम बोमु झाम गुईलगायतका गीतहरु चर्चित छन् । साथै, जनमले ‘दृश्य’ थुलुङ भाषाको ‘आलास्यो’ र दोस्रो ‘माम पाप’ जस्ता एल्बम सार्वजनिक भएका छन् ।

About the author

Artist Sansar