श्रुति सिंहको “श्रुति” सार्बजनिक

Written by Artist Sansar

नेपाली संगीत बजारमा नयाँ नयाँ आशलाग्दा गायिकाहरुको आगमन तिब्र भएको छ । यहि बर्ष पहिलो एल्बम मार्फतनै जमुना जोशी, पेमा छोटी शेर्पा र उपासना सिंह, निशा देसार, रेशा पौडेल,सुस्मिता कार्की, बेनुका राई, लगायतका नयाँ गायिकाहरुले आफ्नो एल्बम सार्बनाजिक गरिसकेका छन् भने केहि गर्ने तयारी मा छन् । यसैक्रममा नब गायिका श्रुति सिंहले ‘श्रुति’ एल्बम राईज म्युजिक मार्फत सार्बजनिक गरेकी छिन । राजधानीको त्रिपुरेश्वोर स्थित वोर्ल्ड ट्रेड सेन्टरमा बासुंदेव मुनाल, युबा उद्द्योगपति राज के खेतान, ओम बिक्रम बिष्ट, महेश राणा, बिकाश राणा र योगेश्वोर अमात्यले श्रुतिको ‘श्रुति’ संयुक्त रुपमा बिमोचन गरेका हुन् । बिमोचन लगत्तै गायिका श्रुतिले यस एल्बममा सहयोग पुर्याउनुहुने सबैलाई मायाँको चिनो प्रदान गरेकी थिन्।

काठमाण्डौंको डिल्लिबजार निबासी श्रुति राज्य लक्ष्मी सिंहले यस एल्बममा सबै किसिमका श्रोतालाई समेट्न सकियोस भन्ने हेतुले सोहि अनुसारको गीतहरु तयार पारेको बताएकी छिन् । उनको यस एल्बममा अलिश , सुगम पोखरेल, विकाश, बांसुदेव मुनाल, र मोहित मुनालको शब्दमा अलिश, सुगम पोखरेल र मोहित मुनालले संगीत दिएका छन् ।

आकाशको छानो (CRBT 0140006769), प्रतिक्षा(CRBT 0140006770), मायाँको रंग (CRBT 0140006783), तिम्रा तिँ नजर(CRBT 0140006771), कहिले आउँछौ(CRBT 0140006773), भनु कसरी(CRBT 0140006772), अन्तिम आश(CRBT 0140006774) गरि ७ गित संग्रहित यस एल्बमको ३ म्युजिक भिडियो पनि एल्बम रिलिज पछी सार्बजनिक गरिएको थियो।

प्रथक आवाजकि धनि श्रुति एक सफल गायिका मात्र प्रस्तुत नभई एक मोडल, र निर्देशकको रुपमा पनि आफुंलाई यस एल्बम मार्फत प्रस्तुत भएकी छिन । ‘आकाशको छानो’ बोलको म्युजिक भिडियो पहिले निया सार्बजनिक गरेर चर्चामा रहेकी श्रुतिले ‘प्रतीक्षा’ बोलको गीतको म्युजिक भिडियोमा आफैंले निर्देशन र मोडलिंङ्ग गरेकीछिन । यस एल्बमको अन्तिम आश बोलको गित को म्युजिक भिडियो भने प्रसन्न पौडेल ले निर्देशन गरेका हुन् ।

About the author

Artist Sansar