चलचित्र ‘शेर बहादुर’को प्रिमियर,यस्तो छ चलचित्र

यहि माघ १९ गते बाट रिलिजमा आउन लागेको फिल्म ‘शेरबहादर’ले राजधानीको एक हलमा सन्ध्याकालिन प्रिमियर शोको आयोजना गर्‍यो । बाक्लै चलचित्र पत्रकार तथा कलाकारको उपस्थिती रहेको उक्त शोमा चलचित्र कि नायिका ममता प्रधान भने उपस्थित हुन सकिनन , केही समय अगाडि दुर्घटनाको सिकार परेकी ममता बाहेक चलचित्रका सम्पूर्ण कलाकार उपस्थित थिए ।

फिल्मलाई धरान र काठमाडौंमा खिचिएको छ । फिल्मका निर्देशक आर राजवंशि हुन् । गौरिशंकर धुँजु र धिरज राजवंशी निर्माता रहेको फिल्मलाई दिर्घ गुरुङ र निर्णय जिसीले खिचेका हुन् । प्रमोद क्षेत्रीले लेखेको कथामा तयार फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।

कसले के के भने ?
प्रिमियर शो मा उपस्थित बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले दर्शकहरुको लागि एक अब्बल फिल्म हुने मह जोडीको दावी गरे । चलचित्रले दर्शकलाई बाध्नसक्नु पर्छ र यस् चलचित्रले आफुलाई कौतुहलका साथ बाधेको बताए । त्यस्तै यस्तै फिल्म शेरबहादुरकै वारेमा बोल्दै दिपक दिपाले राम्रो फिल्मको प्रतिक्षामा रहेका दर्शकहरुले शेरबहादुर हेर्दा राम्रो हुने बताएका छन् । दिपकराज गिरीले शेरबहादर जस्तो फिल्म नेपालमा अहिले सम्म नबनेको दावी गरे । शोमा निर्देशक प्रदिप भट्टराई, पौल शाह, आँचल शर्मा, कारीश्मा मानन्धर, किरण केसी लगायतका कलाकारले चलचित्र राम्रो बनेको प्रतिकृया दिएका थिए ।

यस्तो छ चलचित्र
कथानक चलचित्र शेर बहादुर सस्पेन्स थ्रिलरमा बनेको चलचित्र हो । चोरि काम गर्दै हिंड्ने ममता प्रधान, रबिन्द्र झा र कर्मा अवकाश प्राप्त एक दृष्‍टिबिहिन भुपु आर्मी सुनिल थापाको बहादुरतामा केन्द्रित छ । उनलाई निडर, शन्की र बलियो पात्रको रुपमा देखाईएको छ । एक्शन, रोमान्स, ड्रामा समाबेश चलचित्रका कतिपय दृष्यहरु सेट निर्माण गरिएका छन । चलचित्र हेरिन्जेल दर्शकलाई कौतुहलमै बाँधेर राख्नु चलचित्रको मुख्य पक्ष हो । सुनिल थापा, मेनुका प्रधान, कर्मा शाक्य, रविन्द्र झा, जान्वी बोहरा, समिक्षा पोखरेलल लगायतका कलाकारले तारिफयोग्य अभिनय गरेका छन ।