शत्रुगतेको ‘पिरतीको बर्को’ भिडियो सार्वजनिक

Written by Artist Sansar

महसञ्चारले १७ वर्ष पछि निर्माण गरेको चलचित्र ‘शत्रुगते’ को दोस्रो ‘पिरतीको बर्को’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको दोस्रो गीत सार्वजनिक गरिएको हो ।

गीतमा कबिराज गहतराज र प्रविण सिंहको नृत्य, अर्जुन भट्टराईको शब्द, कालीप्रसाद बास्कोटाको स्वर र संगीत रहेको छ । गीतमा नायक पल शाह र नायिका आँचल शर्मा फिचरिङ छन् ।

३७ वर्ष पुरानो महसञ्चारको ब्यानरमा बन्न लागेको यस् चलचित्रको गीतमा रिकेश गुरुङको साउण्ड डिजाईनिङमा उज्वल महतले मिक्सिङ गरेका छन । यस् भिडियोलाई मित्र गुरुङले सम्पादन गरेकाछन भने जीवन थापाले कलर करेक्सन गरेका छन ।

फिल्मको पहिलो गीत रुपै मोहनीले राम्रो दर्शक कमाईसकेका छन् भने फिल्म शत्रुगते डिजिटल र​ ओभ​र​सिज​को लागि अहिले सम्मकै महंगोमा बिक्री भएको छ । मह जोडी निकै समय पछि शत्रुगतेबाट पुन फिल्म निर्माणमा फर्किएका हुन् । यसअघि सुपरहिट फिल्म ‘जात्रा’ निर्देशन गरेका निर्देशक प्रदीप भट्टराईले यो फिल्मको निर्देशन गरेको हो । हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् ।

रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् । नायक पल शाह र नायिका आँचल शर्मा यो फिल्ममा मुख्य भूमिकामा छन् । पल र आँचलका अलावा फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल, बसुन्धारा भुसाल,किरण केसी, मोहितबंश आचार्य लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा दीर्घ गुरुङको छायांकन रहेको छ ।

About the author

Artist Sansar