गायिका सरु गौतमले हात पारिन महिला तर्फ “सर्वोत्कृष्ट आधुनिक गायिका”को एवार्ड

सांगितिक क्षेत्रमा हाल निकै चर्चामा रहेकि गायिका सरु गौतम चौथो सुन्दरादेवी संदेश २०७५ को अवार्ड मा सर्वोत्कृष्ट आधुनिक महिला गायिका को अवार्ड जित्न सफल भएकि छिन् । काभ्रेका बनेपामा सम्पन्न भएको एवार्ड कार्यक्रममा उनको चर्चित गीत “काग दाजै काग दाजै “गीत बाट महिला तर्फ आधुनिक  गायिकाको एवार्ड चुम्न सफल भएकी छिन ।

मिठो आवाजकी धनी गायिका गौतमले आफुले एवार्ड प्राप्त गरेपछि खुशि हुदै भन्छिन “मलाई माया गरेर मलाई जिताउन भोट गर्ने मेरा सम्पुर्ण दर्शक श्रोता जुरि सुन्दरा सन्देश परिवार सम्पुर्ण (मिडिया कर्मि) र मेरा सम्पुर्ण “काग दाजै ” टिमलाई बिशेष धन्यवाद दिन चाहन्छु ।यो अवार्ड ले मलाई थप जिम्मेवारी बडाउदै अगाडि बड्नको लागी हौसला र प्रेरणा मिलेको छ।
८ वर्ष देखि निरन्तर रुपमा सक्रिय गायिका गौतमको करीव ४ दर्जन भन्दा बढी लोकप्रिय गीतहरु सार्वजनिक भैसकेका छन । सांगितिक क्षेत्रमा सफल गायिका र बेवी डलको उपमा पाएकी गौतमले करीव २ दर्जन माथी भिडियो समेत सार्वजनिक गरीसकेकी छिन । जसमा अधिकांश गीतहरु श्रोता दर्शक माझ निकै रुचाईएको छ ।