नयाँ एल्बम रिलिजको तयारीमा सरोज

Written by Artist Sansar

गायक सरोज साजन श्रेष्ठ नयाँ एल्बम दसैं पछी सार्वजनिक गर्ने तयारीमा जुटेका छन ।

काठमाडौं , आश्विन २१ ,२०७२
नेपाली संगीतमा राम्रो सम्भाबना बोकेका गायक हुन , सरोज साजन श्रेष्ठ । पापिनी बोलको भिडियो सार्वजनिक भएपछी पाएको चर्चालाई कायमनै राख्न मायालुको देश भिडियो सार्वजनिक गरेका उनले आफ्नो नयाँ गीतहरुको सङ्रह ” एस ३” सार्वजनिक गर्ने तयारीमा जुटेका छन ।
उनको यस् एल्बम सार्वजनिक हुनु अघीनै प्राय सबै गीत जनजिब्रोमा झुन्डीसकेका छन । उनी सङ्रह भित्रका गीतहरुलाई एउटा सिरिजको रुपमा लिन्छन । जसमा महसुस गरेर, मन अन्तै , पापिनी , तिमीले फर्किएर र मायालुको देश गीतहरु रहेका छन ।

उनको एल्बमको नाम एल्बमका कभर डिजाईनर अनिल स्थापितले राखिदिएका हुन । दसैं पछाडि सार्वजनिक गरिने एल्बमका गीतलाई कल्याण सिंह र ईश्वर मागियाले संगीत दिएका छन । एल्बममा प्रकाश क्षणिक, रबी मल्ल, कल्याण सिंह र बिनु क्षितिजका शब्द रहेका छ । एल्बमलाई जिनियस म्युजिकले बजार ब्यबस्थापन तथा मार्केटिङ गर्नेछ ।
देविस्थान गाविस ५ फलेवास पर्वतमा विद्यालय स्तरको पठाइ सकि २०५८ सालमा राजधानी भित्रिएका सरोज निरन्रत संगीतमा रहने बताउछन ।
saroj sajan shrestha

About the author

Artist Sansar