संगितमा रिब्याक हुँदै रोजिनाले सार्वजनिक गरिन क्यूटी मैया

Written by Artist Sansar

झन्डै ५ बर्ष अगाडि गायिका मिना निरौला र रोजिना गुरुङ मिलेर संयुक्त एल्बम ल्याएका थिए – पाईला । पाईलाका सम्पूर्ण गीत उत्कृष्ट भएपनी गायिकाद्वय लाई साँगितिक बजारमा त्यती चिनाउन सकेन । रोजिना गुरुङ हराएजस्तै भईन भने सहकर्मी गायिका मीना निरौला पोखरेलले गाएको फिल्म ‘लुट २’ को ‘ठमेल बजार’ र फिल्म ‘पर्व’को ‘काले दाइ’ बोलको गीत बाट सांगितिक बजारको ब्यस्त गायिकाको सुचीमा परिन् ।

आफ्नो सांगितिक जादु देखाउन गायिका रोजिना गुरुङ पनि  नयाँं पप गीतको म्युजिक भिडियो लिएर दर्शक तथा श्रोता माझ रिव्याक भएकी छिन् । क्यूटी मैया…शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेर सांगीतिक क्षेत्रमा रिब्याक भएकी हुन । रोशन थापाको संगीत निर्देश्ँनको उक्त गीतका शब्दहरु विद्याराज शिवाकोटीले रचना गरेका हुन् । किरण तुलाधरले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

गायिका गुरुङ तथा मोडल आमिर शेखले अभिनय तथा नृत्य गरेको उक्त गीतको म्युजिक भिडियोमा दिपेन्द्र शाही ठकुरीको कोरियोग्रँफी छ । मोहन राज अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । भिडियोलाई लोकेश बज्रँचार्यको भिएफएक्स तथा सम्पादन गरेका हुन् । पार्टी थिममा आधारित उक्त गीतको भिडियोलाई पनि पार्टी थिममै आधारित बनाइएको छ । गीतमा गायिका गुरुङले आकर्षक नृत्य समेत गरेकी छिन् ।

म्युजिक भिडियो

About the author

Artist Sansar