मोडेलिङबाट गायनमा रितिका , यस्तो ल्याईन गीत (भिडियो)

गायिका रितिका जिरेलको नयाँ आधुनिक सारीको छेउ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।आफ्नै गीत मार्फत मोडलिङ पनि गरेकी जिरेलले यस गीतलाई शब्द र संगीत पनि आँफैले दिएकी छिन् । उनको सार्बजनिक गीतलाई इन्द्र जिसिले एरेञ्ज गरेका छन् ।

टी टाइम म्यूजिको यूट्युव च्यानलबाट सार्बजनिक भएको यस गीतको भिडियोलाई टंक केसीले खिचेका हुन् । मदा खड्काले निर्देशनमा गायिका रितिकासँगै हास्य कलाकार भिम केसी, ऋृतु लामा, रुख्मिला, समिक्षा, सनाया र रमिताले अभिनय गरेका छन् । यस् भिडियो बिकाश ज्ञवालीले सम्पादन गरेका हुन ।

गायिका रितिका गायन सँगसगै मोडलिङमा पनि आगामी दिनमा आफुलाई स्थापित गर्ने चाहना रहेको गायिका बताउँछिन् ।