वरिष्ठ सहित्यकार एबं गीतकार भीम विरागको निधन

वरिष्ठ सहित्यकार भीम विरागको सोमबार बिहान ललितपुर स्थित पाटन अस्पतालमा निधन भएको छ । उहाँको फागुन १५ गते विहान सवा ९ बजे मृत्यु भएको हो ।

हेटौंडा बस्दै आउनुभएका विराग लामो समयदेखि मेनेन्जाईटीस रोगवाट ग्रसीत हुनुहुन्थ्यो । स्वास्थ्यमा केहि सुधार आएपछि गत साता आईसीयुवाट जनरल वार्डमा सारीनुभएका विराग अचानक बेहोस भएपछि पुन आईसीयु राखिएको थियो ।

स्वरसम्राट नारायण गोपालले गाउनुभएको आजभोली हरेक साँझ मातिन थालेछ र मधु क्षेत्रीले गाउनुभएको फुलैफुल मात्र पनि होईन रैछ जिवन बोलको बहुचर्चीत गितहरुको रचनाकार बैरागीको खास नाम भीमबहादुर महर्जन हो ।उहाँको जन्म वि.सं.१९९१, माघ १५ गते, माईस्थान, वीरगन्जमा भएको हो । उहाँ २०२६ सालदेखी हेटौंडा बस्दै आउनुभएको थियो । १२ वर्षको उमेरमै फुटवल खेल्ने क्रममा लागेको चोटका कारण उहाँ शारीरीक कुप्रोपनको सिकार बन्नुभएको थियो ।

विशेषगरी गजलमा दख्खल राख्नुहुने विरागले पछिल्लो समय धार्मीक ग्रन्थ गितामा आधारीत मोहभंग नामक खण्डकाव्य लेख्नुभएको थियो । उहाँको दुखेको इन्द्रेनी गीत संग्रह (२०२०), अतृप्त स्पर्श गीत स्रग्रह (२०४३), तातो सुस्केरा कविता संग्रह (२०३२) र आठटुक्रे बादल कथा संग्रह (२०३५) प्रकाशित छन् ।

उनले नारायणी साप्ताहिक र बिगुल साप्ताहिकको सम्पादन गरेका थिए । विभिन्न पत्र-पत्रिकाहरुमा फुटकर कविता, लेख, निबन्ध, कथा प्रकाशित छन् । उनले २०२३ मा नारायणी अञ्चलस्तरीय कविता प्रतियोगितामा प्रथम, वि.सं.२०२६ मा गो.द.बा.चौथो प्राप्त, वि.सं. २०४३ मा छिन्नलता गीति पुरस्कार प्राप्त गरेका थिए ।

Categories:

,

Tags:


Comments are closed.