बाढी पहिरो पिडित सहयोगार्थ जुटे कलाकारहरु

Written by Artist Sansar

देशको विभिन्न भागमा परेको भिषण बर्षाका कारण जनजिवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाका कारण बाढी पहिरोको समस्या पनि सुरु भएको छ

देशको विभिन्न भागमा परेको भिषण बर्षाका कारण जनजिवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाका कारण बाढी पहिरोको समस्या पनि सुरु भएको छ । थुप्रै जनाको मृत्यु भैसकेको छ भने वेपत्ता हुनेको संख्या पनि उतिकै छ । दैवी प्रकोपमा विभिन्न साथ सहयोग गदैै आईरहेका कलाकारहरुले पनि बाढी पिडित सहयोगार्थ राहत संकलन कार्य शुरु गरेका छन । यसै क्रममा चलचित्र कलाकार संघको तर्फबाट ६५ हजार नगद सहयोग गर्ने निर्णय गरेको छ ।

अध्यक्ष रामकेशर बोगटीका अनुसार ‘प्रधानमन्त्री दैविक प्रकोप कोष’मा ६५ हजार नगद सहयोग गर्ने निर्णय गरिएको हो । संघकै कोषबाट यो रकम सहयोग गरिने जानकारी संघका अध्यक्ष रामकेशर बोगटीले दिनुभयो ।
यसै गरि ,कलाकार दीपकराज गिरीले पनि नगद १ लाख सहयोग गर्ने घोषणा गरेका छन् । उनले, फेसबुकमा सक्रिय ‘एमआरआर’ ग्रुपको माध्यमबाट नगद १ लाख सहयोग गर्ने जानकारी गराएका छन। त्यस्तै कलाकार दीपाश्री निरौलाले पनि ‘मोरङ समाज’को माध्यमबाट नगद ५१ हजार सहयोग गरेकी छिन् ।

नायिका प्रियंका कार्कीले पनि नगद ५१ हजार सहयोग गर्ने बताएकी छिन् । थुप्रै कलाकारले व्यक्तिगत रुपमा सहयोग गर्ने तयारी गर्दै गरको बताएका छन् ।

About the author

Artist Sansar