मायालु सँग उकाली ओर्हाली गर्दै गायक रबी सुबेदी (भिडियो)

गायक रबी सुबेदी मायालुलाई पछ्याउदै फर्पिङको रमणिय स्थलमा पुगेका छन । रियल नभई म्युजिक भिडियोमा मायालुलाई पछ्याउदै उनको म्युजिक भिडियो कहिले माया उकाली… रिलिज भएको हो । काठमाडौको फर्पिङका रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त गीतका गीतकार शंकर ज्वाला हुन भने संगीतकार सुरेन्द्र श्रेष्ठ हुन ।

आर्टिष्ट नेपालको प्रोडक्सन रहेको भिडियोलाई माधव बेल्वासे सम्पादन गरेका छन । आर्टिस्ट नेपालका संस्थापक एबं भिडियो निर्देशक नव ढुंगेलको निर्देशनमा तयार भएको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका हुन । सन्दीप भुजेलको नृत्य निर्देशन रहेको भिडियोमा स्वयं गायक रवि सुवेदी, मोडल सुजाता आचार्य तथा रंजित पौडलेको अभिनय रहेको छ ।

rabi subedi - maya ukali

एक दशक भन्दा लामो समयदेखी संगीत क्षेत्रमा सक्रिय गायक रबी सुबेदीले यस् अघी २ वटा सोलो एल्वम बजारमा ल्याइसकेका छन् । अमेरिकामा आफ्नो व्यापारमा व्यस्त रहेर पनि वर्षमा कम्तिमा २ पटक नेपाल आई विभिन्न सांगितीक कार्यक्रममा सहभागीता जनाउदै आएका छन् । यो पटकको नेपाल बसाईमा २ वटा म्यूजिक भिडियोको छायांकन तथा आधा दर्जन गीतहरुमा स्वर दिन भ्याएका छन ।
भिडियो हेर्नुहोस्