Purano Dunga Lyrics – karnadas

Written by Artist Sansar

पुरानो डुंगा, पानीको छाल, पार गरूँ कसरि
उनि छिन पारी, तरेर लौ न, भेटुँ म कसरि
हो, भेटुँ म कसरि
पुरानो डुंगा
बिधीले यस्तो, अन्याय गरि, झुक्यायो मलाई
ओ, बिधीले यस्तो, अन्याय गरि, झुक्यायो मलाई हो
एउटै मुटु, दुइ टुक्रा पारी, छुट्यायो मलाई
चर्किदै गयो, बिछोडको घाऊ, सहुँ म कसरि
हो, सहुँ म कसरि
पुरानो डुंगा
प्रियसी बिना, यो जिन्दगानी, के चल्न सक्छ र
ओ, प्रियसी बिना, यो जिन्दगानी, के चल्न सक्छ र, हो
हुरीको सामु, आँखाको ज्योती, के जल्न सक्छ र
मालीबिनाको जंगली फूल झै, फुलुं म कसरि
हो, फुलुं म कसरि
पुरानो डुंगा, पानीको छाल, पारगरूँ कसरि
उनि छिन पारी, तरेर लौ न, भेटुँ म कसरि
हो, भेटुँ म कसरि
पुरानो डुंगा

About the author

Artist Sansar