सफल ब्यूटिसिएनका रुपमा नाम कमाउदै शर्मिला कोइराला

https://artistnepal.com/

https://artistnepal.com/

"

मध्यम वर्गीय परिवारमा जन्मिएकी शर्मिला कोइराला प्रोफेशनल मेकअप आर्टिस्ट एवं ब्यूटिसिएनका रुपमा नाम कमाई, एक उचाइमा पुग्न सफल एवं बहुप्रतिभाशाली नारी हुन् । उनी एक चर्चित नृत्यंगा पनिहुन ।

उनले प्रारम्भिक शिक्षा भकृटी बोर्डिङस्कुल काठमाण्डौंबाट लिए पश्चात आफ्नो यात्रालाई निरन्तरता दिँदै पछि गएर श्रम राष्ट्रिय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । उनले उच्च शिक्षाको लागि पद्मकन्या बहुमुखी क्याम्पसमा गृह विज्ञान एवं नृत्य विषय लिई प्रमाणपत्र तह उत्तीर्ण गरिन् र सोही क्याम्पसबाट स्नातक तह प्रथम श्रेणीमा उत्तीर्ण गरि सोही कलेजबाट समाजशास्त्र एवं ग्रामीण विकास विषयमा उत्तीर्ण भएपश्चात वैवाहिक जीवनमा बाँधिन पुगिन् । त्यसपछि एक सन्तान भएपश्चात उनले वैवाहिक सम्बन्ध र शिशुको हेरचाहलाई जीवनको भारको रुपमा नलिई बलियो आधार, शक्तिका रुपमा लिई आत्मसात गर्दै आफ्नो लक्ष्यमा दत्तचित्त भई लागि परिन् । जबकी उनले आफ्नो ट्रनिङलाई गर्भवती भएको अवस्थामा समेत सुचारु गरेकी थिईन् । उनले आफ्नो इच्छाशक्ति एवं कलाकारिता तर्फको यात्रालाई जति बाधा व्यवधान आईपरे पनि अरुको नकारात्मक कुरातर्फ ध्यान नदिई गतिशील रुपमा निरन्तर लागिपरिरहिन् । नेपाली समुदायमा हुर्किएकी उनले आफ्नो बुवाबाट प्राप्त गरेको परिचय र ज्ञानका साथसाथै आफ्नो श्रीमान्को अटुट साथलाई कहिल्यै बिर्सिनन् ।

Sharmila Koirala Professional Makeup artist & Dancer (27)

सौहाद्रपूर्ण वैवाहिक सम्बन्ध समझदारीले उनलाई जहिले आफ्नो क्षमता पहिचान गरी शिर्षस्थान पु¥याउन उत्प्रेणा मिलेको छ । कलाप्रतिको आफ्नो जोशलाई निरन्तरता दिँदै उनले धेरै ट्रेनिङहरु लिँदै ब्यूटिसियन पेशामा आबद्ध रही यस सम्बन्धी विज्ञता हासिल गर्दै लागि परिरहिन् र आफ्नो क्षमता प्रदर्शन गर्दै विभिन्न संघ संस्था र कार्यक्रमहरुमा आफ्नो सहभागिता जनाइन् । साथै उनले अमेजन इन्टरनेशनल, जुम अरबिक मेहन्दीका, क्यापिटल क्विन नेपाल साथै न्यूलुक कम्पनीद्वारा आयोजित विभिन्न कार्यक्रमहरुमा सर्वोत्कृष्ठ प्रस्तुती दिइन् ।

उनीमा यी अथाह क्षमता एवं ज्ञान भएता पनि अझै उनमा यस क्षेत्रप्रतिको मोह र झुकावले आफूलाई अझै प्रतिभावान बनाउनका निमित्त उनले मेहन्दी, नेल आर्ट तथा मेकअप सम्बन्धीको आफ्नो खोज र ज्ञानलाई निरन्तरता दिइरहिन् । यसैक्रममा उच्चस्तरीय संघसंस्थाबाट थप ज्ञान बटुल्ने अभिप्रायले तालिम लिइरहिन् ।

Sharmila Koirala Professional Makeup artist & Dancer (13)

‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैं उनले आफ्नो यात्रालाई अगाडी बढाउने क्रममा आर्थिक समस्याहरुको समधानका लागी कर्जा लिई ठुलो लगानी गरी आधुनिक प्राविधि तथा सेवा सुविधाको व्यवस्थापन गदै शुभश्रृङ्गार ब्यूटी होम एण्ड ट्रनिङ सेन्टरको स्थापना गरिन् । करिब ५ वर्ष अघिदेखि संघर्षरत रुपमा लागि परेर आफ्नो सीप र दक्षताका आधारमा शुभश्रृङ्गार ब्यूटी होम एण्ड ट्रनिङ सेन्टरलाई ६ वर्षसम्म निरन्तरता दिई यस क्षेत्रमा आफूलाई निपूर्ण तुल्याई पार्लरको लेभललाई उच्च स्थानमा पु¥याउन सफल हुनु भएको छ ।

यस ब्यूटिसियन क्षेत्रमा आफ्नो जीवनको अमूल्य एक दशक भन्दा बढिको समयलाई व्यतितगर्दै उनले आफ्नो क्षमतालाई बृद्धी गर्दै लगिन् । आफ्ना कैयौं इच्छा आकांक्षालाई परित्याग गर्दै यस क्षेत्रमा उनले ब्यूटिसियन प्रशिक्षणका रुपमा आफ्ना कदमहरु अगाडी बढाउँदै गइन् । तसर्थ आजका दिनमा आफुले हासिल गरेको ज्ञान र सिपलाई यस क्षेत्रमा कदम अगाडी बढाउन चाहाने व्यक्तिहरुका लागि आधारभूत तालिम, विशेष तालिम लगायत विभिन्न स्पेसल कोर्षहरु जस्तैः मेकअप, मेहेन्दी, नेलआर्टजस्ता विधाहरुमा स्पेशल कोर्षका रुपमा समेत प्रशिक्षण दिइरहेकी छिन् ।

Sharmila Koirala Professional Makeup artist & Dancer (7)

साथै उनले प्रशिक्षण गरेका प्रशिक्षार्थीहरु यस कलाका माध्यमद्धारा नेपाल लगायत विश्वका विभिन्न देशहरुमा अवसर प्राप्त गरी आर्थिक तथा सामाजिक उपलब्धीहरु हासिल गरिरहेको पाइन्छ । यसका अलावा उनले CTEVT द्धारा संचालित ब्यूटिसियन Leval/1 र 2 मा Creative र JCI संस्थामा मुख्य प्रशिक्षकको भूमिकामा रहेर ब्यूटिसियन टे«निङ दिनुका साथै नारी चेतनशील संस्थामा समेत विशेषगरी आर्थिक अवस्था न्यून रहेका महिला दिदी बहिनीहरु एवं विद्यार्थीलगायत एकल महिलाहरुलाई ब्यूटिसियन ट्रेनिङ प्रदान गर्दै आएकी छिन् ।

यसका अतिरिक्त विभिन्न अवार्ड कार्यक्रमहरुमा आफ्नो नृत्यकला सम्बन्धी प्रस्तुती दिनुका साथै सौन्दर्य प्रतियोगीताहरुमा मोडल मेकअप गरि अवार्डेड समेत हुनुभएको छ । उहाँले आफ्नो थप शैक्षिक स्तरलाई अगाडी बढाउँदै पद्मकन्या कलेजबाट “चाइल्ड डेभलपमेन्ट एण्ड जेण्डर सोसियोलाइजेशन’ विषयमा स्नातकोत्तर समेत गरिसक्नु भएको छ । उनको संघर्ष त्याग र लगावलाई हेर्दा यस क्षेत्रमा आबद्ध रहन चाहने तमाम मानिसहरुलाई उनको जीवन भोगाइबाट विभिन्न समस्याका बाबजुद पनि जीवनमा उपलब्धिहरु हसिल गर्न सकिन्छ भन्ने उत्प्रेरणा मिल्न सक्छ ।

Sharmila Koirala Professional Makeup artist & Dancer (3)