modeling workshop in nepal

पोखरा दोहोरी नाचघरले गर्यो लोकदोहोरी स्रष्टालाई सम्मान

basic photography workshop

 

काठमाडौं । स्थापनाको २ दशक पछि नयाँ ब्यबस्थापनको साथमा संचालनमा आएको पोखरा दोहारी नाचघरले लोकदोहरी क्षेत्रमा लामो योगदान दिएका एक दर्जन ख्यातिप्राप्त लोक श्रस्टाहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ। राजधानीको ठमेलस्थित पोखरा दोहरी नाचघरमा आयोजना गरिएको एक कार्यक्रममा उक्त नाचघर संचालिकाद्वय सुचित्रा घिमिरे तथा सुमी श्रेष्ठले लोकश्रस्टाहरुलाई सम्मान गरेका हुन्।

गत लामो समयदेखी लोक गीत संगीत क्षेत्रमा रही नेपाली लोकगितलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा पुर्याउन सफल चर्चित गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, गायिका बिमाकुमारी दुरा, गायक राजु परिवार,रेशम थापा, खुमन अधिकारी, गायिका मंजु पौडेल, संचारकर्मी अनुसा पौडेल, गायक संचारकर्मी कृष्ण कंडेल, नृत्य निर्देशक उदिराम खड्का,शिव हमाल, बाबुराम बोहरा लगायतलाई लोक संगीत बिकासमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले बताए ।

उक्त अबसरमा पोखरा दोहरी नाचघरले नै सुरु गरेको पोखरा थकाली भान्छाघरको पनि बरिस्ठ कलाकार नारायण रायमाझी तथा बिमाकुमारी दुराले रिबन काटेर उद्घाटन गर्नुभयो । एउटै स्थानमा दिउसोको समयमा थकाली परिकारमा मज्जा लिनसकिने र रात्रीकालिन समयमा दोहरी तथा नृत्यको मज्जा लिनसकिने आयोजकले जनाए ।

२ दर्जन कलाकारहरुको दैनिक गायन र नृत्य रहने उक्त नाचघरमा लोक गायनमा सक्रिय रहेका धेरै चर्चित कलाकारहरुले दैनिक लोक भाकाहरु प्रस्तुत गर्ने कलाकार संयोजक छबी खड्काले बताए ।

 

artistnepal-tv-ads