खुल्यो नयाँ फिल्म स्टुडियो , के के छ सुबिधा ?

Written by Artist Sansar

भक्तपुरको राधे राधे नजिक सुटिङ स्टुडियो संचालनमा आएको छ

फिल्म तथा म्युजिक भिडियो निर्माणमा जहिले पनि एउटै समस्या देखिन्थ्यो, त्यो हो उचित सुटिङ स्थलको अभाव । यही अभाबलाई मध्यनजर राख्दै भक्तपुरको राधे राधे नजिक सुटिङ स्टुडियो संचालनमा आएको छ । फुयाँल सुटिङ स्टुडियो नाम रहेको यस् स्टुडियोलाई नायक निखिल उप्रेतीले उद्घाटन गरेका हुन ।
‘नेपाली चलचित्र मात्र होइन म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्मले छायांकन स्थलको अभाव महसुस गरिरहेको पृष्ठभुमीलाई ध्यान दिँदै सुबिधा सम्पन्न स्टुडियोको निर्माण गरेको संचालक तथा निर्देशक बिबी फुयाँलले जानकारी दिए ।
स्टुडियोमा बेडरुम ,लिभिङ रुम, डाइनिङ हल, जेल, हस्पिटल, अफिस, रेस्टुरा, बार, क्रोमा सेटसहितका सुबिधा उपलब्ध छन ।
ज्याक श्रेष्ठ, ज्योती काफ्ले, रोयदीप श्रेष्ठलगयातका कलाकारहरुको बाक्लो उपस्थिति रहेको उद्घाटन कार्यक्रममा सबैले स्टुडियोको तारिफ गर्दै बीबीलाई शुभकामना तथा बधाई दिएका थिए ।

About the author

Artist Sansar