ओएस नेपाल म्युजिक अवार्ड मार्फत संगितकर्मिहरु सम्मानित

Written by Artist Sansar

ओएस नेपालले शुक्रवार ओएस नेपाल म्युजिक अवार्ड मार्फत गीत संगीतका साधकलाई सम्मानित गरेको छ । गीत संगीतको साधनामा लागको ४८ विधाका श्रष्टालाई सम्मान गरको हो ।

ओएस नेपालले शुक्रवार ओएस नेपाल म्युजिक अवार्ड मार्फत गीत संगीतका साधकलाई सम्मानित गरेको छ । गीत संगीतको साधनामा लागको ४८ विधाका श्रष्टालाई सम्मान गरको हो । जसमा लोक गीत, लोकदोहोरी, पप, आधुनिक, नेवारी भाषा र भोजपुरी भाषाका गित संगीत क्षेत्रका साधकलाई सम्मान गरेको हो ।  लोकदोहोरी तर्फ उत्कृष्ठ म्युजिक एरेन्जरमा कृष्ण विक, डाइरेक्टरमा कपिल लामा, म्युजिकमा सहदेव कोइराला, म्युजिक भिडियो मोडल तर्फ पुरुषमा, दुर्गेश थापा र वेष्ट भोकल नवोदित गायिका संगिता मगरले अवार्ड प्राप्त गरेका छन् । त्यस्तै वेष्ट लिरिक्समा कस्तुप पन्त र वेस्ट म्युजिक भिडियो इडिटरमा दिपक विष्ट परेका छन् । लोकगित तर्फ उत्कृष्ट गायकमा पुस्कल शर्मा मलामी सम्मानीत भएका छन् भने आधुनिक गितमा सर्वाेत्कृष्ट गायक सुरज कुमार थापाले अवार्ड हात पारे ।

आधुनिक गितको नवोदित गायकमा सुरेन गौतमलाई सम्मानित गरीयो । त्यस्तै पप संगितमा अमित जावला, महिला तर्फ लिरिक्समा अस्मिता सुमेरी, वेस्ट पपसंग नवोदित गायकमा रुदेश डंगोलले अवार्ड चुमेका छन् । वेष्ट पप गीत फिमेल रिता गुरुगं अगाडी आएकी छन् । ओ एस म्युजिक अवार्डले अन्य राष्ट्रिय भाषाका संगित साधकलाई पनि समेटेको छ ।  जसमा नेवारी गित तर्फ भुपेन वज्राचार्य, नेवारी गायकमा कृष्ण भट्ट महर्जन, भोजपुरी गितमा गायक संतोष राज अवार्डका लागि चुनिए । ओ एस अवार्डमा राष्ट्रिय गित लिरिक्समा उमेश लम्साल चुनिए । पप गित संगित तर्फ वेस्ट म्युजिक भिडियो डाइरेक्टर, पपमा सुरेश श्रेष्ठ, वेष्ट पप गीत फिमेल रिता गुरुगंले अवार्ड हात पारे । सबै विधामा उत्कृष्ट हुनेहरुलाई वरिष्ठ गायिका तिर्थकुमारी थापाले पुरस्कार वितरण गरेकी थिइन् ।

ओ एस नेपालले आफ्नो सांगीतिक क्षेत्रमा सहयोग पुर्याउने संचारकर्मीलाई पनि सो अवसरमा सम्मान गरेको छ । जस अन्तर्गत सुर्य वस्याल, कमल सरगम लगायतका संचारकर्मी सम्मानीत भएको छ । सांगीतिक क्षेत्रमा लागेको लामो समय पछि त्यसको मुल्याकंन गर्दै ओएस नेपालले सम्मानित गरेको भन्दै सम्मानित संगित साधकले खुसी ब्यक्त गरेका छन् । कार्यक्रमको उद्घोषण संचारकर्मि योजना पुरी र संजोग बस्यालले गरेका थिए ।

About the author

Artist Sansar