ओखलढुंगा कला–साहित्य समाज गठन

Written by Artist Sansar

ओखलढुंगा जिल्लाका सम्पूर्ण कलाकार–साहित्यकारहरुको छाता संस्थाका रुपमा विकास गर्न खोजिएको ‘ओखलढुंगा कला–साहित्य समाज’को आधिकारिक संस्था दर्ता प्रक्रियासँगै प्रथम साधारणसभाका साथै अधिवेशन सम्पन्न भएको छ। भदौ ३० मा राजधानीमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ।

ओखलढुंगाका कलाकार–साहित्यकारलाई एकै स्थानामा गोलबद्ध गर्ने राष्ट्रियगानका सर्जक व्याकुल माइलाको विशेष रुचि, वरिष्ठ लोकगायक नविन ढुंगेलको महत्त्वपूर्ण पहल, गायक–संगीतकारका साथै समाजसेवी गम्बु शेर्पाको अगुवाइ, महाप्रसाद खनाल, माधव दाहाल, शक्त्तिकुमार श्रेष्ठ, बलबहादुर परियार, चेतनाथ धमलालगायतका साथमा केही समयअघि दर्ता भएको संस्थाको प्रथम साधारणसभासहित अधिवेशन सम्पन्न भएको हो ।

कला र कलाकारको सम्मानसहित, ओखलढुंगाका साथै ओखलढुंगाबाट विभिन्न पेशा, व्यवसाय, रोजगारीका लागि देश–विदेशमा छरिएर रहेका ओखलढुंगाका सम्पूर्ण कलाकार–साहित्यकारलाई एकजुट बनाउने एक आधिकारिक संस्थाको परिकल्पना गरी संस्थागत रुपमा अगाडि बढ्न खोजिएको संस्थापक अधक्ष्य गम्बु शेर्पाले बताएका छन्।

संस्थाको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। राष्ट्रियगानका रचयिता व्याकुल माइला संरक्षक रहेको ओखलढुंगा कला–साहित्य समाजमा, वरिष्ठ गायक नविन ढुंगेल संयोजक रहने गरी गायक–संगीतकार शक्त्तिकुमार श्रेष्ठ, गायक–संगीतकार महाप्रसाद खनाल, लोकगायक माधव दाहाल,पत्रकार विनोद दाहाल, गायक बलबहादुर परियार, साहित्यकर्मी चेतनाथ धमलालगायत संस्थाका संस्थापक कार्यकारिणी सल्लाहकारहरु रहनेछन्।

संस्थापक अधक्ष्य समेत रहेका गम्बु शेर्पाको नेतृत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति गठन भएको छ। समितिमा वरिष्ठ उपाध्यक्ष राज राई, उपाध्यक्ष ल्हेम्हु शेर्पा, महासचिव लिला श्रेष्ठ, सचिव सृजन रोकेमी राई, कोषाध्यक्ष जीवन बम्जन, सहकोषाध्यक्ष मिना नेपाल दाहाल तथा सदस्यहरु सुमन कार्की, भीम सुनुवार, गोपाल सेन्चुरी, कृष्ण कट्टेल, गान्धर्भराज पौडेल, अर्जुन श्रेष्ठ, जितेन्द्र बानियाँ, मोहन घिमिरे, प्रकाश शाक्य, नारायण राई, रामनाथ घिमिरे, प्रलाप राई रहेका छन् ।

About the author

Artist Sansar