जाममा फसेपछि नितुले माग गरिन हवाईजहाजको

Written by Artist Sansar

तीज नजिकिदै जादा नयाँँ नयाँ तीज गीत सार्वजनिक भएका छन् । यस्तैक्रममा ‘जाममा फसियो‘’ गीत सार्वजनिक भएको छ । झबिन्द्र पाण्डेको लय र आचल बिरही रानाको शब्द सृजना रहेको ‘जाममा फसियो तीज गीत सार्वजनिक भएको हो ।

काठमाडौं  – तीज नजिकिदै जादा नयाँँ नयाँ तीज गीत सार्वजनिक भएका छन् । यस्तैक्रममा ‘जाममा फसियो‘’ गीत सार्वजनिक भएको छ । झबिन्द्र पाण्डेको लय र आचल बिरही रानाको शब्द सृजना रहेको ‘जाममा फसियो तीज गीत सार्वजनिक भएको हो । ट्राफिक जामका कारण हवाईजहाज किन्दिन तीज गीतमा मोडल नितु कोइरालाले आग्रह गरेकी छन् ।

सहरको खचाखच सवारी साधनको भिडले गन्तव्यमा पुग्न निकै समस्या भएको कारण आफ्नी अर्धांगिनी नितुले हवाईजहाज किन्दिन भने पछी स्याङ्जाका यमन खनाललाई निकै समस्या परेको दृष्य यस गीतको म्युजिक भिडियोमा देखाइएको छ ।

सुपा देउराली म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको झबिन्द्र पाण्डे र प्रतिमा विश्वकर्मा द्वारा स्वर बद्ध यस गीतको म्युजिक भिडियोलाई निर्देशन यमन खानालले गरेका हुन् भने छायाँकन तथा सम्पादन दिपेन्द्र भट्टले गरेका छन् ।

भिडियो :

About the author

Artist Sansar