Nirwan N Music Link को Vol २ अब बजारमा

Written by Artist Sansar

नेपाली सांगीतिक आकाशमा १० बर्ष अघि निकैनै चर्चा कमाएको नेपाली ब्याण्ड Nirwan n Music link ले लामो समयको अन्तराल पछी नयाँ एल्बम लिएर आएको छ

आर्टिस्ट नेपाल । नेपाली सांगीतिक आकाशमा १० बर्ष अघि निकैनै चर्चा कमाएको नेपाली ब्याण्ड Nirwan n Music link ले लामो समयको अन्तराल पछी नयाँ एल्बम लिएर आएको छ। ” Nirwan n Music Link vol-2″ नामक उक्त एल्बम लाजिम्पाट स्थित स्ट्रिट क्याफेमा ब्याण्ड मेम्बर सहित पत्रकार कृष्ण भट्टराई, संगीतकर्मी सुनिल बर्देवा र जेड ईन्टरटेनमेन्टका निर्देशक जगत बोहराले उक्त एल्बमको संयुक्त रुपमा बिमोचन गरेका हुन् ।

लामो समयको अन्तराल पछि Nirwan n Music Link ब्याण्डको धेरै मेहनत पछि निस्केको यो एल्बममा ८ गित संग्रहित छन् । एल्बममा बारेमा जेड म्यूजिक कम्पनीका म्यानेजर एबमं गायक जगत बोहोराले प्रष्ट्याएका थिए । एल्बमलाई जेड म्यूजिक ले बजार ब्यबस्थापन गरेको छ ।

‘निर्वाण एन म्युजिक लिंकको भोल्यूम टु‘ सार्बजनिक गर्दै गायक प्रमोद निर्माणले अहिले ब्याण्डका सदस्यहरुमा आफू बाहेक दिनेश लिम्बु (बास गिटार), मेम्सन चित्रकार (लिड गिटार), उत्तम थापा (गिटार) तथा सन्जीत थापा (ड्रम) मा रहेको बताएका छन् । बिमोचन समारोहमा Nirwan n Music Link को vol 2 मा समाबिष्ट फर्केर तिमीले , छोटो जीवन र कस्तो दिन बोलको म्युजिक भिडियो पनि सार्बजनिक गरिएको थियो । कार्यक्रममा Nirwan n Music link ब्यांडले आफ्ना केही पुराना रा नयाँ एल्बममा संग्रहित गीतहरु प्रस्तुत गरेको थियो ।

About the author

Artist Sansar