भारतीय सिरियलमा निरिषाको कम्ब्याक,पाईन चिनियाँ युवतीको भूमिका

Written by Artist Sansar

अभिनेत्री निरिषा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमा कम ब्याक गरेकी छिन् । उनले ‘तेनाली रामा’ नामक हिन्दी सिरियलबाट कम ब्याक गरेकी हुन् ।

उनको केमियो भूमिका रहेको यस सिरियलको प्रोमो सार्वजनिक भएको छ । जसमा उनलाई फरक भूमिकामा देख्न सकिन्छ । सिरियलमा निरिषा चिनियाँ युवतीको भूमिकामा प्रस्तुत रहेको प्रोमोमा देख्न सकिन्छ । प्रोमोमा उनलाई चिनियाँ मौलिक पहिरनमा हिन्दी भाषामा संवाद बोल्दै गरेको देख्न सकिन्छ ।

यसअघि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा काम गरेकी उनले नेपाली चलचित्र ‘जानी नजानी’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन् ।

About the author

Artist Sansar