modeling workshop in nepal

निरज सिलवालको तिमी हिड्ने बाटो

basic photography workshop

गीतकार तथा संगीतकार निरज सिलवालको नया“ गीत बजारमा आएको छ । उनको शब्द संगीत रहेको ‘तिमी हिड्ने बाटो’ बोलको गीत हालै बजारमा आएको हो । उक्त सार्वजनिक गीतमा देवेन्द्र नेवाको स्वर तथा संगीत संयोजन रहेको छ ।
सेन्टिमेन्ट गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । बुढा सुब्बा म्यूजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्यूजिक भिडियो नेत्र जंग पाण्डेले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको म्यूजिक भिडियोमा मिलन मिश्र, दिनेश कार्की र आयुषा श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा स्टोरी कन्सेप्ट शान्ति पाण्डेको रहेको छ । भिडियो कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । सार्वजनिक गीतको भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो ।
गीतकार तथा संगीतकार निरज सिलवालका यस अघि पनि २ वटा गीत बजारमा आईसकेका छन् । यो उनको तेस्रो गीत हो । उनका यस अघि टुकु टुकु हिड्ने र गल्ति बोलका गीत सार्वजनिक भएका थिए ।
तिमी हिड्ने बाटोको म्यूजिक भिडियो

artistnepal-tv-ads