भिडियो निर्देशनमा जम्दै निकेश

Nikesh Khadka
Written by Artist Sansar

दिपेन भेटवाल,आर्टिस्ट नेपाल

टेलिभिजन कार्यक्रम निर्माताको अभिभारा सम्हाल्दै नेपाल वान टेलिभिजनमा विगत १० वर्ष देखि सक्रिय सञ्चारकर्मी निकेश खड्काले छोटो समयमै सफल भिडियो निर्देशकको चिनारी बनाएका छन् । निर्देशनमा फरक स्वाद पस्कन रुचाउने खड्काको फरक कामकै कारण उनको ब्यस्तता आजभोलि अझै बढ्दै गएको देखिन्छ । तिन वर्षअघिदेखि निर्देशनको यात्रा थालेका निकेशको पहिलो भिडियो प्रजिता गेलालको स्वरमा सुसज्जित झुमीझुमीले दर्शकमाझ राम्रो छाप छाडेपछि उनलाई कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

भर्खरै मात्र निकेशले रंगकर्मीलाई म्युजिक भिडियोमा समावेश गराई नयाँ ट्रेन्डको सुरुवात गरेका छन् । रंगकर्मी सुनिल पोखरेलले पहिलोपटक निकेशको भिडियोमा अभिनय गरेका छन् । सुगम पोखरेलको स्वरमा रहेको “मेरो जिवन यस्तो होस” बोलको उक्त गित रिलिजको तयारीमा छ । यसैगरी चलचित्र तथा रंगमञ्चमा जमेका सफल कलाकार सौगात मल्ललाई पनि उनले अभिनय गराएका छन् । सौगातले निकेशद्धारा निर्देशीत सुरज थापाले गाएको “बहुला हो म बहुला” मा अभिनय गरेका हुन् । म्युजिक भिडियोकै सेरोफेरोमा रहेर आर्टिस्ट नेपालले उनीसँग गरेको छोटो कुराकानी ः

#म्युजिक भिडियोलाई कसरी परिभाषा गर्नहुन्छ ?

-गितको मर्म र भाव अनुसारको प्रस्तुति ! अहिले हेर्ने जमाना भएकाले गितलाई भिडियोले न्याय गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता हो ।

#भिडियो राम्रो हुन के के कुरा आवश्यक हुन्छ ?

-सुरुमा त गित राम्रो हुनुपरयो तब मात्र भिडियो गर्न जोस आउँछ । त्यसपछि कलाकार, कन्सेप्ट र प्रस्तुतिको सहि संयोजनले म्युजिक भिडियो राम्रो बन्छ मेरो बिचारमा !

#भिडियोमा स्टोरी सहितको प्रस्तुति दिन कत्तिको चुनौति हुन्छ ?

-एकदमै, यसमा समय र दिमाग दुबै खर्च हुन्छ । सुगम पोख्रेलको मेरो जिवन गर्दा तिन दिन जति लागेको थियो । यस्तै उदेष श्रेष्ठको आँसुको थोपा गर्दा दुइ दिन लागेको थियो ।

#डिरेक्सन करिअरमा यहाँसम्म आइपुग्नुको श्रेय कसलाई दिनुहुन्छ ?

-कर्ममा विश्वास राख्ने भएकाले सुरुमा त म आफनो कामलाई नै दिन्छु । यद्यपी संगितकार राहुल प्रधानले लगाएको गुनलाई भने म कहिल्यै बिर्सन सक्दिन । मैले सोलो डिरेक्सन सुरु गर्दा उहाँले कुनै कुरामा पनि कम्प्रमाइज गर्दिनुभएन र त्यसैकारण मैले झुमीझुमी गितलाइ न्याय गर्न सके र फलस्वरुप मैले पछि धेैरै कामहरु पाउँदै गएँ ।

#टेलिभिजनको ब्यस्त दैनिकी हँुदाहँुदै निर्देशनतिर हात हाल्ने सोच कसरी आयो ?

-टेलिभिजनसँगसँगै निर्देशनमा पनि मलाई त्यतिकै रुचि थियो । मैले सोलो डाइरेक्सन गर्नअघि जीटु वान प्रोडक्सनमा धरै समय सिकेँ । सक्षम भए भन्ने लागेपछि चाहिँ एकल निर्देशन थालेको हँु । त्यसअघि मेरो सहकर्मी सोनाम पाख्रीनसँग मिलेर करिब एक दर्जन भिडियोमा काम गरिसकेको थिएँ ।

#आगामी योजना के छ त ?

-यस्तै राम्रो कामहरु गर्दै जाने, केही नयाँ प्रस्तुति दिन सकु दर्शकलाई भन्ने सोच छ । चलचित्र पनि गर्ने सोच छ यद्यपी अहिले छलफलकै क्रममा भएकाले कुराहरु अघि बढीरहेको छ । फिक्स भयो भने शायद केही समयपछि यहाँहरुले अवश्य थाहा पाउनुहुन्छ ।

About the author

Artist Sansar