९२ औं एकेडेमिक ओस्कार अवार्डमा गलीब्वाइ

एजेन्सी– बलिउडको सफल चलचित्र गलीब्वाइले भारतको तर्फबाट ९२ औं एकेडेमिक ओस्कार अवार्डमा बेस्ट इन्टरनेसनल फिचर फिल्म क्याटेगोरीमा औपचारिक प्रवेश पाएको छ ।

रणविर सिंह तथा आलिया भट्टले अभिनय गरेको यो चलचित्र यही वर्षको प्रारम्भतिर प्रदर्शनमा आएको थियो ।गलीब्वाइ यस्तो सम्मान पाउने भारतको पहिलो व्यवसायिक चलचित्र भएको बताइन्छ ।

मुम्बईको चर्चित स्लम एरिया धारावीका युवाहरूको कथामा आधारित यो चलचित्रले ८० करोड रुपैयाँको निर्माण बजेटको तुलनामा २ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो । चलचित्रको निर्देशन जोया अख्तरले गरेकी थिइन् ।

Categories:

Tags: