नेपाली अमेरिकन कलाकार सङ्घको नेपाली महाबाणिज्य दूतावासमा विशेष भेटघाट तथा अन्तकृया सम्पन

नेपाली अमेरिकन कलाकार सङ्घ उत्तर अमेरिकाद्वारा न्युयोर्कस्थित नेपाली महाबाणिज्य दूतावासमा विशेष भेटघाट तथा अन्तकृया सम्पन्न गरेको छ

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट नेपाल, न्युयोर्क संबाददाता ,
नेपाली अमेरिकन कलाकार सङ्घ उत्तर अमेरिकाद्वारा न्युयोर्कस्थित नेपाली महाबाणिज्य दूतावासमा विशेष भेटघाट तथा अन्तकृया सम्पन्न गरेको छ । संस्थाका केन्द्रीय अध्यक्ष सुमन बुढा मगर, उत्तर अमेरिका संयोजक यम बराल, वरिष्ठ उपाध्यक्ष बिक्रान्त बस्नेत, उपाध्यक्ष मीरा गुरुङ महासचिव अभय ढुँगेल, सह-सचिव गीता बिर्लाकोटी, सह कोषाध्यक्ष बसन्ती राई उक्त बिशेष भेटघाटमा सहभागी हुनुहुन्थ्यो ।
महामहिम महाबाणिज्यदुत नारायण प्रसाद मैनाली, बाणिज्यदुत कृसु क्षेत्री, उप-बाणिज्यदुत प्रवीण भट्टराईसँगको भेटघाटमा नेपाली कला-संस्कृति,संगीत, भाषालाई अन्तर्राष्ट्रिय तवरमा प्रवर्धन गर्ने विषयमा विशेष छलफल भएको कलाकार संघले बताएको छ ।
संघले अमेरिकामा छरिएर रहेका कलाकारलाई एउटै छाता मुनी ल्याउने र बिशेषत नेपालमा हुनेगरेका बिभिन्न अफ्ट्यारा परिस्तिथीहरुमा र उपचार गर्न आर्थिक अभाभ खिपिरहेका कलाकर्मीहरुलाई साँकृतिक कार्यक्रमको आयोजना गरी आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।