नरेन्द्र प्यासी , एउटा छुट्टै ईतिहास

Written by Artist Sansar

करिब दुई दशकअघि ‘के भूल भयो प्रिया……’ बाट नेपाली सङ्गीत बजारमा बेग्लै स्थान बनाएका नरेन्द्र प्यासी को ‘तिमी बिनाको जीवन… र माया ओ मायाँ,… तिमी बिनाको जीबन ……पछिल्लो पटकका चर्चित गीतहरु हुन् ।

स्व. पिता प्रतिमानकै प्रेरणाबाट सङ्गीत क्षेत्रमा लागेका नरेन्द्रले २०३० सालमा ८ वर्षको उमेरमै झलकमान गन्धर्वको बिना बादल असिनापानी, फेरि माया लाउलीकी बेइमानी… लोकगीतबाट स्वर परीक्षा पास गरेका हुन् । २०३१ सालको राष्ट्रिय बालगीत प्रतियोगितामा पढौं-पढौं साथीसँगै, बनौं धेरै ज्ञानी… गीत गाएर २०३१ पनि दोस्रो पुरस्कार जितेका थिए। २०३७ सालमा बद्री राउतको रचना र सङ्गीतमा सम्झ्नालाई लैजाऊ सँगाली…, यो दुई दिलको धड्कनमा… गीतबाट आधुनिक गायनमा प्रवेश गरेका नरेन्द्रले २०४२ सालामा मदन दीपविमको सङ्गीत र कृष्णहरि बरालको रचना रहेको चर्चित गीत के भूल भयो प्रिया…बाट स्थापित कलाकारको सुचिमा आफ्नो नाम दर्ता गराउन सफल नरेन्द्रले अहिलेसम्म १८० गीतमा स्वर दिइसकेका छन् भने ४५० भन्दा बढी गीतमा सङ्गीत भरेका छन्।

प्रायः सेमी क्लासिकल तथा ट्रयाजेडी गीत रुचाउने नरेन्द्र प्यासी रेडियो नेपालले आयोजना गर्ने गायन प्रतियोगितामा समेत पुरस्कृत भैसकेका छन्। सन् १९९८ मा जिटिभीले लन्डनमा आयोजना गरेको अन्तर्राष्ट्रिय सारेगामामा सहभागिता जनाएपछि उनी लगातार सात वर्ष त्यहीँ बसे। त्यसपछि स्वदेश फर्किएका यी गायक अहिले पनि विदेशका कार्यक्रममा सहभागी भैरहन्छन्।

हालसम्म २ ओटा मात्र गीतिसंग्रह प्रकाशित छन् नरेन्द्रका । पहिलो बासना (२०६४) र दोश्रो सृष्टी(२०६७)। हालसम्म उनका धेरै गीत सीआरबीटीमा छन र पनि सीआरबीटीबाट उनले एक रुपैयाँ पनि पाएका छैनन। एउटा छुट्टै ईतिहास बोकेका नरेन्द्र प्यासीले कहिले सम्म सीआरबीटीबाट कहिले सम्म रोयल्टी पाउने छन ? हामी त्यसको फ्लोअप गरिरहने छौं ।

About the author

Artist Sansar