ग्ल्यामर फोटोग्राफर कमल श्रेष्ठका ५ कला

Written by Artist Sansar

२०५१ साल देखी निरन्तर ग्ल्यामर फोटोग्राफीमा संलग्न कमल श्रेष्ठ ग्ल्यामर फोटोग्राफरको छबी बनाएको पनि २३ बर्ष भयो । डिजिटल फोटोग्राफी सुरु हुनु भन्दा पहिला एनोलग (नेगेटिभमा खिचेर धुलाउनु पर्ने) बेला देखी डिजिटल फोटोग्राफी सम्म आईपुग्दा उनको क्यामरामा मोडेल , गायक गायिका, नायक नायिका गरेर सयौँको कैद भईसकेका छन । धेरै नायक नायिकाको पहिलो पटक फोटोसुट गर्ने फोटोग्राफरको रुपमा पनि उनी चिनिन्छन । यसर्थ उनी नेपालमा सुपरिचित ग्ल्यामर फोटोग्राफर भन्दा फरक पर्दैन । कयौं पटक फोटोग्राफी वर्कसप पनि संचालन गरिसकेका यिनै चर्चित फोटोग्राफरका फोटोग्राफी बाहेक अन्य ४ कला पनि छन ।
हेरौ उनका फोटोग्राफी सहितका ५ कला:

Actress Neeta Dhungana and Nepali Glamour Photographer kamal shrestha

१) डिजाईनर कमल श्रेष्ठ
कमल श्रेष्ठ राम्रा डिजाईनर पनि हुन। धेरै बिज्ञापन,एल्बम कभर, ईभेन्ट पोस्टर र फिल्म पोस्टर डिजाईन गरेका कमलले हालसम्म ५०० भन्दा बढी म्युजिक एल्बमका डिजाईन गरिसकेका छन। जसमा नेपालका चर्चित गायक गायिका तथा म्युजिक कम्पनिहरु पर्दछन। आफुले डिजाईन गर्ने कभर तथा पोस्टरमा आफ्नो भिजनको भरपुर प्रयोग गर्दछन।

२) भिडियो ग्राफर तथा एडिटर कमल श्रेष्ठ
कमल श्रेष्ठले म्युजिक भिडियो छायाँकन नगरेको झन्डै १० बर्ष हुन लाग्यो। गुरुङ्ग भाषाको एक फिल्म समेत खिचेका कमल, नेपाल टेलिभिजनको चर्चित कार्यक्रम ‘म्युजिक प्लस’को छायाँकार पनि हुन। उनले टेलिभिजन कार्यक्रम बाहेक थुप्रै म्युजिक भिडियो पनि छायांकन तथा सम्पादन गरेका छन। एडोब प्रिमियर तथा एडोब फोटोशपमा राम्रो दक्खल भएका कमल फ्री भएकोबेला आफुलाई आबश्यक भिडियोहरु आँफै सम्पादन गर्ने गर्दछन।

३) पत्रकार कमल श्रेष्ठ
कमल श्रेष्ठ चर्चित अनलाईन ग्ल्यामर नेपाल डट कम तथा डट नेट का प्रकाशक तथा प्रधान सम्पादक पनि हुन। फुर्सदको समयमा उनी अनलाईनको लागि आबश्यक समाचार सम्पादन पनि गर्नेगर्दछन।

४) वेब डेभ्लोपर कमल श्रेष्ठ
फोटोग्राफर कमल श्रेष्ठको पछील्लो समय अर्को परिचय थपिएको छ वेब डेभ्ललोपरको रुपमा। आफ्नै अनलाईन ग्ल्यामरनेपालको लागि लाखौं खर्चिएका कमलले वेब डिजाईङको काम चाँही अरुले गरेको हेरेर र नेटमा पढेरनै सिकेकाहुन। तिक्ष्ण दिमाग भएका कमल श्रेष्ठले निर्माण गरेका केही अनलाईनमा उनको आफ्नै वेब glamournepal.com, kamalsphotography.com सहित kavyaonlinestore.com (e -commerce web site ), artistsansar.com, filmybahar.com, celebritynepal.com, clapboardtv.com,  पर्दछन। केहि वेब साईटहरु निर्माणाधिन छन।

About the author

Artist Sansar