तेलुगू सुपरस्टार गोपीचन्दसँग अभिनेत्री परमिता पहिलो पटक तेलुगू फिल्ममा अभिनय गर्दै

Written by ArtistNepal News

‘चपली हाइट २’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी बोल्ड एण्ड व्यूटिफूल एक्ट्रेस परमिता आरएल राणाले पहिलो पटक तेलुगू फिल्ममा अभिनय गर्ने भएकी छन् ।

तेलुगू फिल्मका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने बेनामे फिल्ममा उनी लिड अभिनेत्रीको रुपमा रहेकी छन् । गोपीचन्दसँग फिल्ममा उनको जोडी बाँधिएको छ ।

पछिल्लो रिलिज फिल्म ‘चंगाचेट’ पछि पर्दामा देखिएकी उनको पहिलो तेलुगू फिल्मको शुक्रबार हैदरवादको एक मन्दिरमा शुभमुहूर्त गरिएको छ । बिनु सुब्रह्मण्यमले फिल्मको निर्देशन गर्नेछन् । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । निकै ठूलो बजेटमा निर्माण हुने बताइएको फिल्मलाई विभिएसएन प्रसादले निर्माण गर्दैछन् ।

पहिलो तेलुगू फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको अभिनेत्री परमिताले बताएकी छन् ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।