काठमाडौँ ।
‘छैठौं मिष्टर एण्ड मिस एसईई आइडल’को उपाधि विराज दाहाल र अन्शु घिमिरेले जितेकी छिन् ।जेठ २८ गते मंगलबार राष्ट्रिय नाचघरमा भएको ग्राण्ड फिनालीमा दाहालले छैठौं मिस्टर एसईई आइडल र घिमिरेले मिस एसईई आइडलको उपाधि पाएकी हुन् ।

ट्रिनिटी मार्केटिङ्ग एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा गरिएको ‘छैठौं मिष्टर एण्ड मिस एसईई आइडल’ को मिस्टरतर्फ फस्ट र सकेण्ड रनरअप क्रमस किरण खत्री र प्रशान्त केसी भएका छन् ।मिसतर्फ फस्ट, सकेण्ड र थर्ड रनरअप क्रमस सजिना ढुंगेल, प्रतिक्षा थापा र झरना भट्ट भएकी छिन् ।उपाधि पाएसंगै मिष्टर एण्ड मिस एसईई आइडलका विजयीहरुलाई मंगलबार नै क्राउन, ट्रफी, बुकी, स्यास प्रदान गरिएको थियो ।
यस्तै विजेताहरुलाई कक्षा ११ र १२ अध्ययनका लागि पुर्ण छात्रबृद्धि प्रदान गरिने बताईएको छ ।‘छैठौं मिष्टर एण्ड मिस एसईई आइडल’का उपाधि विजेताहरुलाई गत वर्षका विजेताहरुले क्राउन हस्तान्तरण गरेका थिए ।स्तै विभिन्न विधामा प्रतिस्पर्धिहरुलाई सबटाईटल प्रदान गरिएको थियो । जसलाई निम्न अनुसार उल्लेख गरिएको छः
|
TITLE |
NAME (MISS) |
|
MISS TALENT |
SAJINA DHUNGEL |
|
MISS PHOTOGENIC |
PRATIKSHYA THAPA |
|
MISS FRIENDLY |
JHARANA BHATTA |
|
MISS CATWALK |
SONAM TAMANG |
|
MISS DISCIPLINE |
AAYUSHMA SHRESTHA |
|
MISS STYLIST |
JHARANA BHATTA |
|
MISS POPULAR |
SAJINA DHUNGEL |
|
MISS MULTIMEDIA |
SAJINA DHUNGEL |
|
MISS CONFIDENT |
PRATIKSHYA THAPA |
|
BEST SMILE |
SUSMITA PAHARI |
|
BEST HAIR |
RASILA GHIMIRE |
|
BEST PERSONALITY |
ANSHU GHIMIRE |

|
TITLE |
NAME (Mister) |
|
BEST WALK |
AMIR GURUNG |
|
MR. CONFIDENT |
PRASHANT K. C. |
|
MR. DISCIPLINE |
MANISH BHANDARY |
|
MR. POPULAR |
AMIR GURUNG |
|
MR. PHOTOGENIC |
KIRAN KHATRI |
|
MR. PUNCTUAL |
BISHAL THAPA |
|
BEST PERSONALITY |
KIRAN KHATRI |
|
MR. STYLIST |
BISHAL THAPA |
|
MOST FRIENDLY |
KIRAN KHATRI |
|
MR. MULTIMEDIA |
AMIR GURUNG |
|
BEST SMILE |
PRASHANT K. C. |
|
MR. TALENT |
BIRAJ DAHAL |
उक्त फाइनललाई दिनेश डिसिले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गरेका थिए भने निर्णायकमा सर्जन विसी, रितिका खरेल, कृती भट्टराई, अमिश ढकाल, बाबुराम अर्याल र कोसिस क्षेत्री रहेका थिए । एसईई दिएका छात्र तथा छात्राहरुको सुन्दरता एवं बोद्धिक क्षमताको उजागर गर्न मिस एसईई स्टारको आयोजना गरिएको आयोजक संस्था ट्रिनिटी मार्केटिङ्ग एण्ड इभेन्ट म्यानेजमेन्टकी सिईओ सावित्री ढुंगानाले बताईन् । काोरियोग्राफर सगुन पाण्डेको मुख्य कोरियोग्राफीमा १ महिनासम्म प्रतिस्पर्धिहरुलाई आयोजकको तर्फबाट वर्कसपमा सहभागि गराईएको थियो र सो पश्चात मंगलबार ग्राण्ड फिनाली गरिएको प्रवन्ध निर्देशक सुधन थापाले बताए ।



