मिस टिन गण्डकीको फाइनल यहि असोज २५ गते हुने

मिस टिन गण्डकीको फाइनल यहि असोज २५ गते पोखराको सभागृहको सभा हलमा हुने भएको छ…[+]

द ब्रेभ इन्टरटेन्टमेन्ट पोखरा को आयोजनामा भइरहेको मिस टिन गण्डकीको फाइनल यहि असोज २५ गते पोखराको सभागृहको सभा हलमा हुने भएको छ । १५ जना सुन्दरीहरुलाई याम्पमा हिँड्ने ट्रेनिङका साथ साथै विभिन्न बैद्धिक मुलक तालिम जस्तै व्यतित्व,नेतृत्व विकास र पोखराका यस फिल्ड सँग सम्बन्धित विभिन्न दक्ष व्यतिहरुलाई बोलाई तालिम दिई राखिएको छ । साथ साथै विभिन्न सुन्दरी प्रतियोगिताका विजेताहरु आएर हैसलामुलक कक्षाहरु लिई राखेका छन् ।
यस कार्यक्रम पोखराकै एक राम्रो कार्यक्रम बन्नेमा इभेन्ट संयोजक विशाल क्षेत्रि ले बताएका छन् कार्यक्रम राम्रो बनाउन कुनै पनि कमि नराख्ने उनको भनाई र साथै सो कार्यक्रमलाई पोखरा क्रियटिभ अर्वाड हाउस लगाएतका विभिन्न संध संस्थाले सहयोग को प्रतिवद्धता गराउनुको साथै सहयोग आउने क्रम जारिरहेको जनाएका छन् ।

सुन्दरी प्रतियोगितालाई लिएर भइरहेका विभिन्न टिका टिप्पणी र भ्रम मुलक नकारात्म कुराहरुलाई सुल्झाउनेमा पनि यस कायृक्रमले टेवा पुर्याउने विभिन्न व्यक्तिहरुको भनाइ सुन्नमा आएको छ ।

सानै उमेर देखि व्यवसायिक कार्यक्रमहरु साथै विभिन्न संस्ध संस्थामा आवद्ध भएर अगि बढीरहेका छन् । उनि आँफै पनि एक मोडल हुन् विभिन्न व्यवसायीक विज्ञापन रेष्टुरेण्ट विज्ञापनहरुमा काम गरिसकेका छन् भने अव एक चलचित्रमा पनि अभिनए गर्ने भएका छन् । साथै उनि पोखराका एक होटल तथा रेष्टुरेण्ट व्यवसायी पनि हुन् ।