मिस तामाङ २०१८ बनिन् पर्साकी सिम्रन स्याङ्बो (फोटोफिचर)

Written by ArtistNepal News

एघारौं संस्करणको मिस तामाङ २०१८ को उपाधि ठोरी गाउँपालिका-४ पर्साकी सिम्रन स्याङ्बोले जितेकी छन् । नेपाल तामाङ कला-संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा आयोजना गरेको मिस तामाङ २०१८ मा २८ सहभागीहरुले प्रतिस्पर्धा गरेका थिए । सिम्रनले २७ प्रतियोगीलाई पछि पार्दै सिम्रनले ताज जितेकी हुन् । उनले उपाधी सहित नगद एकलाख, एक वर्षसम्म सिभिल ग्रुपको ब्राण्ड एम्बास्डर र विभिन्न गिफ्टह्याम्पर जितेकी छन् । उनलाई २०१७ की मिस तामाङ पिंकी घिसिङले ताज पहिरिदिइन् ।

त्यसैगरी फस्ट रनरअपसँगै इमेज भ्युवर च्वाइस नुवाकोटकी रञ्जिता लामा, सेकेण्ड रनरअपसँगै फोटो भ्युवर काठमाडौंकी कुञ्छान लामा भइन् । फोर्थ रनरअप र ब्युटिफुल स्माइल मकवानपुरकी गीताञ्जली पाख्रिन र फिप्थ रनरअपमा काभ्रेकी प्रतियोगी नं. १४ अनिशा तामाङ भइन् ।

त्यस्तै बेष्ट क्याटवाक रूपा घिसिङ, पर्सनालिटी आशिका बल, फ्रेण्डसिप सिम्रन लामा, अनुशासन क्रिष्टिना लामा, ब्युटिफुल हेयर प्रियंका लामाले टाइटल जितेकी छन् ।

कार्यक्रमका निर्णायकमण्डलहरू सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, २०१२ मिस तामाङ सुमी मोक्तान, नायिका ओसिमा बानु, समाजसेवीद्धय प्रविण मोक्तान र भुपाल तामाङ रहेका थिए ।

तामाङ जातिको कला, संस्कृति, भेषभुषा, रीतिरवाज र धर्मलाई युवा जमातमार्फत अन्य जातिलगायत आफ्नै समुदायमा सामाजिकिकरण गर्ने उद्देश्यले सन् २००७ देखी यो प्रतियोगिता आयोजना हुँदै आइरहेको छ ।

फोटो : कुबेर तामाङ/ सगुन श्रेष्ठ

miss tamang 2018 1

miss tamang 2018 2

miss tamang 2018 3

miss tamang 2018 4

miss tamang 2018 5

miss tamang 2018 6

miss tamang 2018 7

miss tamang 2018

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।