मिस इन्टरकन्टिनेन्टल नेपालकाे ‘ट्यालेन्ट शो’ सम्पन्न

Written by Artist Sansar

डिपास इन्टरनेशनलद्वारा आयोजित मिस इन्टरकन्टिनेन्टल नेपालको शीर्ष उपाधिअन्तर्गत मिस ट्यालेन्ट उपाधिका लागि प्रतियोगीहरुले आआफ्नो कला प्रस्तुत गरेका छन् ।

डिपास इन्टरनेशनलद्वारा आयोजित मिस इन्टरकन्टिनेन्टल नेपालको शीर्ष उपाधिअन्तर्गत मिस ट्यालेन्ट उपाधिका लागि प्रतियोगीहरुले आआफ्नो कला प्रस्तुत गरेका छन् । वीकेड स्पुन फोर्क एण्ड रक झम्सिखेलमा सम्पन्न उक्त प्रतियोगितामा प्रतिस्पर्धिहरुले गायन, नृत्य, नेपालको संस्कृति झल्किने कलाहरुको प्रस्तुति दिएका थिए । जसको निर्णायक मण्डलको भूमिकामा अग्रज फेशन डिजाइनर एबम् मुकु बेटर व्हेन इट्स ओन युका संचालक मुक्ता श्रेष्ठ, फेशन इभेन्ट व्यवस्थाक एबम् मिराज रिभर साइड भिलेज रिसोर्टका संचालक समिर क्षेत्री, साल्सा प्रशिक्षक एबम् कफी एण्ड कप केकका संचालक रियाज श्रेष्ठ,  आर्टिस्ट म्यागेजिन, राष्ट्रखबर पत्रिका , रंगपेज, आर्टिष्ट नेपालका प्रमुख कार्यकारी अधिकृत तथा संचारकर्मि राज लुइँटेल रहनुभएको थियो ।

यस प्रतिस्पर्धामा नेपालभरिबाट छनौट भएका १८ जना प्रतिस्पर्धी छन् । माल्भिका सुव्वाको कोरियोग्राफी रहेको यो ४६औं प्रतिस्पर्धा हो । यस पटकको विजेताले आगामी डिसेम्बरमा श्रीलंकामा आयोजना हुने प्रतिस्पर्धामा भाग लिन पाउने छन् । प्रतिस्पर्धीको क्षमता विकासका लागि पूर्व मिस इन्टरनेशनल शुभेक्षा खड्का, पूर्व मिस अर्थ दिव्यता वैद्य, वैकर अनिल शाह, तेश्रो लिङ्गी समुदायका अगुवा भूमिका श्रेष्ठ, छाला अनि सौन्दर्य बिशेषज्ञ, लेखक, गायक, खेल्कुदलगायत विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिहरुबाट प्रशिक्षण दिने काम भईरहेको छ । गत २ हप्तादेखि सन्चालित प्रशिक्षण आउदो सोमबारसम्म चल्नेछ । व्यक्तित्व विकासका लागि यस प्रकारको कार्यक्रम आयोजना गरिएको आयोजक सङ्स्था डिपासका अध्यक्ष एवं मिस इन्टरकन्टिनेन्टलका निर्देशक पासाङ् शेर्पाले जानकारी दिनुभयो ।

About the author

Artist Sansar