मिस एण्ड मिसेज ब्युटीफुल नेपालको प्रशिक्षण अन्तिम चरणमा, ग्राण्ड फिनाले पौष २३ गते

Written by ArtistNepal News

दक्ष इन्टरनेसनल प्रा. लि. ले हरेक वर्ष आयोजना गर्दै आएको “मिस एण्ड मिसेज ब्युटीफुल नेपाल २०१७”को ग्रान्ड फिनाले यहि आउदो पौष २३ आइतबारका दिन काठमाण्डौंको राष्ट्रिय नाचघरमा सम्पन्न गरीने भएको छ ।

दक्ष इन्टरनेसनल प्रा. लि. ले हरेक वर्ष आयोजना गर्दै आएको “मिस एण्ड मिसेज ब्युटीफुल नेपाल २०१७”को ग्रान्ड फिनाले यहि आउदो पौष २३ आइतबारका दिन काठमाण्डौंको राष्ट्रिय नाचघरमा सम्पन्न गरीने भएको छ ।

मिस एण्ड मिसेज ब्युटीफुल नेपालका सहभागीहरुको फाइनलका लागि प्रशिक्षण भइरहेको र यसमा मिस तर्फ २० र मिसेज तर्फ ११ जना अन्तिम चरणका लागि छानीएको दक्ष इन्टरनेशनलका प्रबन्ध निर्देशक टेकराज पाण्डेले जानकारी दिनुभयो ।

प्रतिस्पर्धीहरुलाई विभिन्न विधाका ख्यातिप्राप्त सेलिब्रेटीहरु द्वारा व्यक्तीत्व विकास, आत्मविश्वास अभिबृद्धि, सञ्चार कक्षा, पब्लीक स्पिकिङ, मोटिभेसन क्लास, हेल्थ टिप्स, जुम्बा आदिमा प्रशिक्षण दिई उनीहरुको हौसला बढाउन र आत्मविश्वास अझ दरो बनाई आगामी दिन सफल बनाउन दह्रो टेवा पुर्‍याउने कुरा आयोजक टेकराज पाण्डेले जानकारी दिनुभयो ।

चर्चित कोरीयोग्राफर अश्विनी झाका अनुसार सबै प्रतिस्पर्धिहरु उतिकै आत्मविश्वासले भरिपूर्ण छन् । उनीहरुको लगन र मेहनतले भोलीका दिनमा सकारात्मक उर्जा थप्नेमा झा विश्वस्त छन् , र उनले आत्मविश्वास अभिबृद्धि, भ्वाइस टोन, क्याट वाक, एटिट्युट, सकारात्मक सोच, कला संस्कृतिका बारेमा अभ्यास गराईरहेका छन् ।यसका लागि प्रतिस्पर्धिहरुलाई आफ्नो ज्ञान बाड्ने जमर्को गरेका छन् ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।