“मिस एन्ड मिस्टर बिश्वकर्मा २०१७ “का बिजेताको रकम समाजसेवामा

Written by Artist Sansar

‘परिवर्तनका लागि हाम्रो आवाज’ भन्ने मुख्य नाराका सहित् एही गएको मङ्सिर १७ गते सम्पन्न कार्यक्रम “मिस एन्ड मिस्टर बिश्वकर्मा २०१७” का बिजेता सिन्धुपाल्चोक की सोनीया बिश्वकर्मा र रामेछापका सिमान्त सिंह बराइलीले आफु बिजेता भएबापत प्राप्त रकम समाजसेवामा लगाएका छन।

काठमाडौंको आधेशोर् मन्दिर नजिकै रहेको “helping Hands children Home” मा बिजेता सोनीया र सिमान्त ले बालबालिकाहरुलाई रु. १२००० सहयोग गरेका हुन। जहाँ १९ जना अनाथ बालबालिकाले आश्रय लिई रहेकाछन।

परिवर्तन इभेन्ट हाउसले बिगत चार बर्ष देखीनै सहयोग गर्दै आइरहेको बताउने आश्रमका संचालक गणेश नेपालीले बिजेताहरुको यो सहयोगमा निकै खुशी भएको बताए । साथै सहयोगका लागि सम्पूर्ण आयोजक संस्थालाई धन्यवाद दिदै सम्पूर्ण नेपाली हरुलाई सहयोगका लागि आग्रह पनि गरेका छन । सहयोग गर्न ईच्चुक ब्यक्ती तथा सँस्थाले ९८४९४५९८४८,९८०८३६६५४० मा संपर्क गरी आबश्यक सहयोग गर्नसक्नेछन ।

About the author

Artist Sansar