“माया यो कस्तो” को भिडियो सार्वजनिक

गायक तथा संगितकार विकास श्रेष्ठको शब्द अनि स्वयं विकास र गायक तथा मोडल रवि सुवेदीको स्वर रहेको माया यो कस्तो बोलको गीत युट्युब बाट सार्वजनिक भएको छ ।

गायक तथा संगितकार विकास श्रेष्ठको शब्द अनि स्वयं विकास र गायक तथा मोडल रवि सुवेदीको स्वर रहेको माया यो कस्तो बोलको गीत युट्युब बाट सार्वजनिक भएको छ । रशलाईट मिडियाको निर्देशनमा रहेको भिडियोको गीतलाई दिपेश सिंहले एरेन्ज गरेका छन । म्युजिक भिडियोमा नायिका जान्वी बोहरा, गायक तथा मोडल रवि सुवेदी तथा विकास श्रेष्ठको अभिनय रहेको छ

गायक तथा मोडल रवि सुवेदीको यो गीतको अतिरिक्त “गुरांसै फुल्यो” वोलको गितको भिडियो पनि सावर्जनीक हुने तयारीमा रहेको छ । जसमा स्वर तथा अभिनय स्वयं गायक सुवेदीको रहेको छ ।
२० वर्ष अगाडी देखिनै संगीत क्षेत्रमा सक्रिय गायक एवं मोडल सुवेदीले आफुलाई मोडल भन्दा गायकमा आफ्नो परिचय दिन चाहन्छन । “चाहनाहरु” तथा “धेरै पछि” नामक एल्वम सार्वजनीक गरिसकेका सुवेदीले करीव ३ दर्जन भन्दा बढी गितहरुले दर्शकको मन जितिसकेका छन् । विदेशी भूमिमा वसेर पनि नेपाली गित संगितको प्रवद्र्धनमा उतिकै समय दिने गायक सुवेदी यस पटकको नेपाल वसाई क्रममा करीव ४ वटा गित रेकर्ड गरेका छन् भने ३ वटा गितको म्युजिक भिडियो समेत निर्माण गर्न भ्याएका छन् । देश तथा विदेशमा गरि विभिन्न स्टेज कार्यक्रममा व्यस्त हुने गायक सुवेदीको आकर्षक जिउडालका कारण थुप्रै चलचित्रबाट अभिनयको लागि अफर आए पनि कार्यव्यस्तताका कारण उक्त प्रस्तावलाई स्विकार गर्न सकेका छैनन । दशै लगतै अमेरिका फर्कने तयारी गरेका सुवेदी वर्षमा दुई पटक स्वदेश आई गित रेकर्ड गर्ने गरेका छन्

भिडियो :