पार्लर तथा बुटिक उद्घाटन गर्न पुगिन् कला सुब्बा तथा हिमानी सुब्बा

मोडलिङ, कोरियोग्राफी तथा आरजे भिजेको रुपमा चर्चित कला सुब्बा तथा फेशन कोरियोग्राफर हिमानी सुब्बालेले चाबहिलमा संचालनमा आएको ‘ कोजी फेशन बुटिक एन्ड ब्युटी स्टुडियो ’को शुभारम्भ गरेका छन् ।

बिगत १ दशक अगाडिदेखि सौन्दर्य व्यवसायक गर्दै आएकी कस्मेटोलोजिक डक्टर रेखा थापाले यो ब्युटी स्टुडियो संचालनमा ल्याएकी हुन् । कोजी ब्युटी सलोन एन्ड एकेडेमी संचालन गरेर सयौं महिलाहरुलाई कस्मेटोलोजिक एबं सौन्दर्य ट्रेनिङ उपलब्ध गराउदै आएकी रेखाले फेशन डिजाईनर जमुना थापासंगको सहकार्यमा संचालनमा आएको हो । ६ बर्ष अगाडी बौद्धमा संचालित कोजी एकेडेमी पछी संचालनमा आएको यो उनको दोश्रो शाखा हो ।

स्किन कस्मेटोलोजिकको रुपबाट चर्चित रेखाले नयाँ शाखाले सौन्दर्य पारखीको मन जित्न सक्नेमा आशाबादी रहेको बताईन । ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी बुटिक तथा स्टुडियो एकै ठाउँमा संचालन गरिएको डिजाईनर जमुना थापाले बताईन् । अहिले ओपनिङ डिस्काउन्ट रहेको पनि उनले बताईन् ।

Cozy Beauty Salon & Academy &  Boutique  (1)

Cozy Beauty Salon & Academy &  Boutique  (2)

Cozy Beauty Salon & Academy &  Boutique  (3)

Cozy Beauty Salon & Academy &  Boutique  (4)

Cozy Beauty Salon & Academy &  Boutique  (6)