केकी निर्मित ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर यस्तो बन्यो

Written by Artist Sansar

केकी अधिकारीले पहिलो पटक निर्माण गरेको ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको ट्रेलर हो ।

ट्रेलरले फिल्म हास्यप्रधान रहेको देखाएको छ ।

फिल्मका निर्देशक विशाल भण्डारी हुन् । यो चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा अर्जुन तिवारीको छायांकन, लोकेश बज्रचार्यको सम्पादन, विशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा तथा संवाद, कालिप्रसाद बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । यो चलचित्र वैशाख १४ गतेबाट रिलिज हुँदैछ ।

About the author

Artist Sansar