कलाकार केसीको समाजसेवी मन

Written by Artist Sansar

किरण केसी (रातामकै)ले आफ्नो ६० औँ जन्मोत्सवको अवसरमा राजधानीमा “चलचित्रमा हास्य व्यङ्ग्य” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएका छन् ।

 

विगत लामो समयदेखी सामाजिक कार्यमा क्रियाशिल कलाकार एंव समाजसेवि किरण केसी (रातामकै)ले आफ्नो ६० औँ जन्मोत्सवको अवसरमा राजधानीमा “चलचित्रमा हास्य व्यङ्ग्य” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएका छन् ।
उनले विगत सात बर्षदेखी कलाकारिता क्षेत्रमा ख्याति प्राप्त एकजना कलाकार र पत्रकारिता क्षेत्रबाट एक जना गरी दुईजनालाई नगद पुरस्कार सहित सम्मान गर्दै आएका छन्। यस बर्ष कलाकारिता क्षेत्रबाट हास्यव्यङ्ग्य कलाकार रमेश केसी (मट्टारे) र पत्रकारिता तर्फबाट विजयरत्न तुलाधरलाई सम्मानित गर्ने कार्यक्रम रहेको केसीले जानकारी दिए ।
उनले सामाजिक कार्यमा क्रियाशिल हुँदै स्कूल भवन निर्माण, प्रहरी चौकि निर्माण,ललितपुर इमाडोलमा पानीको अभाव झेल्दै आएका गाउँलेका लागि पानी पधेरो,पटिपौवा निर्माणमा सहयोग जुटाउने काम गर्दै समाजप्रति जनउत्तरदायी भुमिका निर्वाह गर्दै आएका छन् ।
उनले अहिले प्रत्येक साताको सोमवार नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम वे्रकफेल सहकर्मी शिवहरी पौडेलको साथमा निर्देशन तथा अभिनय गर्दै आएका छन् । कलाकारिता क्षेत्रलाई समाजसेवा संग जोड्दै आएका उनका अनुयायी कलाकारको संख्या पनि बढ्दो क्रममा नै छ ।
असार १५ गते नेपालीहरुको धान दिवस भएकाले पनि सबै संग भेटघाट हुने एउटा अवसरको रुपमा आफ्नो जन्मदिनलाई मनाउदै आएका उनले समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने कलाकार ,पत्रकारलाई सम्मान गर्न पाएकोमा खुसि व्यक्त गरे ।अन्तरक्रियामा वरिष्ठ हास्य कलाकार महजोडीको उपस्थीति संगै हास्यकलाकार दिपकराज गिरी ,दिपाश्री निरौला, केदार घिमिरे ,शिवहरी पौडेल लगायत नेपालका चर्चीत गायक,गायिका तथा कलाकारहरुको उपस्थिति रहने छ ।
अन्तरक्रिया कार्यक्रम संगै सांस्कृतिक कार्यक्रम पनि रहेको र यसै दिन धान दिवस भएकाले सम्पूर्ण नेपाली किसान दाजुभाई तथा दिदी बहिनीलाई धानदिवसको सुभकामना प्रदान गरिने कार्यक्रम रहेको जानकारी कलाकार केसीले दिनुभभयो ।

 

 

KIRAN

About the author

Artist Sansar