हिड्दा हिड्दै मुहुर्त, आकाश र सलोनसँग नव नायिका रेखा शाहले अभिनय गर्ने

Written by Artist Sansar

चलचित्रमा यि दुई अभिनेतासँग नव नायिका रेखा शाहले अभिनय गर्दैछिन् ।

कोरना कहर बीच नेपाली चलचित्र ‘हिड्दा हिड्दै’ मुहुर्त गरिएको छ । अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेतको अभिनय रहने यो चलचित्रको सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शुरुवात गरिएको हो ।
चलचित्रमा यि दुई अभिनेतासँग नव नायिका रेखा शाहले अभिनय गर्दैछिन् । कोरोना भाईरसले निम्त्याएको बिश्वव्यापि महामारीका बीच त्रिकोणात्मक प्रेमकथामा बन्ने यो फिल्मको मुहुर्त भएको हो ।
नारायण शुसिल पंगेनी इन्टरटेनमेन्टको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रका निर्देशक मिलन आले मगर हुन् । शुसिल पंगेनीले लेखेको चलचित्रका निर्माताहरु दिल लामा, राज कुमार थिंग र पारस गुरुंग हुन् । सुमन तन्डुकारको छायांकन रहने चलचित्रमा बसन्त सापकोटाको संगीत रहनेछ ।

About the author

Artist Sansar