दिपेशको गीतमा केकीको प्रेम परे पछी…

बरुण र केकीको अनौठो प्रेमलाई रोमन्चकारी ढंगबाट प्रस्तुत गरिएको छ ….[+]

गायक दिपेश सुनुवार आफ्नो नयाँ गीत ‘किन किन आज भोली ‘ का साथ बजारमा आएका छन् । निकै नै प्रतिभाशाली गायक सुनुवारको निकै नै सुमधुर स्वरमा सजिएको उक्त गीतको म्युजिक भिडीयोको छायांकन हालचालै सम्पन्न भएको छ । अमृत सुनुवार निर्देशित यो भिडीयोमा नायीका तथा मोडल केकी अधिकारी र मोडल वरुण जंग लिम्बुको ज्वलन्त अभिनयलाई देख्न सकिन्छ । जसमा बरुण र केकीको अनौठो प्रेमलाई रोमन्चकारी ढंगबाट प्रस्तुत गरिएको छ ।

निर्देशक सुनुवार म्युजिक भिडीयोका निकै नै व्यस्त छायाकार पनि हुन् । केही समयदेखि निर्देशन क्षेत्रमा पनि हात हालेका सुनुवार भिडीयोमा केही फरक प्रस्तुति दिने निर्देशक पनि हुन् । यसै अनुसार नै यस गीतको भिडीयोमा पनि निकै नै मेहनत गरेका छन् निर्देशक सुनुवारले ।

कमेडी बेसमा निर्माण गरिएको यस भिडीयोको छायांकन फर्पिङ लगायतका ठाउँमा खिचिएको छ ।आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा माधव वेलवासेको सम्पादन रहेको यस भिडीयोलाई टेलिभिजनहरुमा रिलिज सँगै चाडैनै दर्सकले अनलाईनमा हेर्न पाउनेछन । लोक पप, रक र फ्युजन टेक्नो बेसमा तयार भएको गीतको शब्द तथा संगीतकार दिपेश् सुनुवार आँफै हुन । गितका एरेन्जर बिजेश्वर तन्डुकार हुन ।

keki adhkari and barun llimbu