बिना हैरानी सकियो “हैरान”को डबिङ

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भईरहेको चलचित्र ‘हैरान’ को डबिङ सकिएको छ । गायक तथा अभिनेता सत्यराज आचार्यको डबिङ गरेपछी निर्माण टीम अब अन्य प्राविधिक कार्यमा जुटेको छ ।

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भईरहेको चलचित्र ‘हैरान’ को डबिङ सकिएको छ । गायक तथा अभिनेता सत्यराज आचार्यको डबिङ गरेपछी निर्माण टीम अब अन्य प्राविधिक कार्यमा जुटेको छ ।

डेब्यु चलचित्र ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो चलचित्र लिएर आउने तयारी गरिरहेका छन् । अघिल्लो चलचित्रमा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा सत्यसँगै गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, सागर लम्साल, शिशिर भण्डारी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

‘यो चलचित्र राम्रो बनाउन कुनै कसर बाँकी राखिएको छैन । यसैले गर्दा पनि समय लागि रहेको छ । एक साधारण व्यक्ति दिन चर्या बिताउने क्रममा भोग्ने हैरानीलाई नै यसमा उतार्ने प्रयास गरेका छौ । चलचित्रले दर्शकलाई सन्देश त दिन्छ नै साथै भरपुर मनोरञ्जन पनि दिन्छ । यो चलचित्रमा कमेडीसँगै एक्सन पनि एकदम गज्जबको छ’, गजित विष्टले भने ।

चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द्व चन्द्र पन्त, सङ्गीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् ।

नवराज उप्रेती र निरज कडेलको छायाँकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ चलचित्रमा ।