एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

Written by Artist Sansar

काठमान्डौ, मंसिर २५
एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण गरिएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको एपिक नेपाल म्युजिक अवार्ड २०७५ का उत्कृष्ट पाँचमा परेकालाई हिजो राजधानीमा एक कार्यक्रमका बीच प्रमाणपत्र तथा मेडल प्रदान गरिएको हो ।

कार्यक्रममा नेपाली काग्रेसका युवा नेता गगन थापा को समेत सहभागीता रहेको थियो । उदधाटन कार्यक्रम एपिक नेपालका अध्यक्ष अमन श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको थियो भने स्वागत मनत्व्य एपिक नेपालका सदस्य गोकर्ण लामिछानेले राखेका थिए । कार्यक्रमको उदधोषण एपि वान का चर्चित समाचार बाचक राजन भण्डारीले गरेका थिए ।

कार्यक्रममा बरिष्ठ नेपाली चलचित्र क्षेत्रका पुराना निर्माता भुवन श्रेष्ठ, बरिष्ट निर्देशक मोहन निरौला, बरिष्ट पत्रकार विजय रत्न तुलाधर, चलचित्र निर्माता विधान शाह, महिला उध्यमी उमा श्रेष्ठ, चलचित्र पत्रकार संघ नेपालकी अध्यक्ष गीता अधिकारी, पत्रकार सुमन बैरागी, पत्रकार किरण अधिकारी, महिला भिडियो निर्देशक बविता श्रेष्ठ लगायतमा अतिथी रहेका थिए ।

उक्त अवसरमा नेपाली कला क्षेत्रमा सक्रिय सञ्चारकर्मीहरु टिभी टुडेका रमेश बस्नेत, एविसी टेलिभिजनका पत्रकार विनोद विश्वकर्मा, साप्ताहिकका कृष्ण भटटराई, नेपाल समाचार पत्रका विदुर गिरी ,शुशिल पौडेल कान्तिपुर दैनिक , बरिष्ट पत्रकार विजय रत्न तुलाधर, अनन्त बाग्ले अन्नपुर्ण दैनिक , ,नयाँ पत्रिकाका लक्ष्मण सुवेदीलाई लाई सम्मान गरिने पनि घोषणा गरिएको थियो ।अवार्ड आगामी माघ ५ गते काठमाडौंको विशेष समारोहमा हुने अवार्ड आयोजक समितिका अध्यक्ष अमन श्रेष्ठले जानकारी दिए । अवार्डमा ७० प्रतिशत भोटिङ र ३० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिने छ ।

About the author

Artist Sansar