कुमार कान्छालाई एक लाख

Written by Artist Sansar

कलाकारको मर्का राज्यले नबुझेपनि कलाकारले अबश्य बुझ्छ । यो मान्यतालाई सहि ठहर्याएका छन, नायक सरोज खनाल र उनका साथीहरूले। अस्वस्थ भई भारतको मुम्बईमा उपचाररत चर्चित गायक कुमार कान्छाको सहयोगार्थ अमेरिकामा रहेका नेपाली कलाकार हरुले एक लाख एक हजार एक सय एक रुपैंया दिने भएका छन।

अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था ‘ यूनाईटेड नेपाल ‘ले दशैंको अबसरमा राजेश हमाल, राजु लामा लगायतका कलाकारको सहभागितामा कुमार कान्छा सहयोगार्थ एक कार्यक्रमगरि उठेको रकम अबको केहि दिनमै एक औपचारिक कार्यक्रमको आयोजना गरि यो रकम हस्तांतरण गरिने सरोजले आर्टिस्ट नेपाल लाई जानकारी गराउनु भएको थियो ।

त्यस्तै जानकि टेक्नोलोजी, जावलाखेलले कुमार कान्छाको सहयोगार्थ सुरुवात गरेको ‘एस एम् एस सहयोग अभियान ‘एस.एम.एस.मा help टाइप गरी ५००१ मा पठाइएका एस.एम.एस. बाट पनि ४५,००० उठिसकेको जानकारी आर्टिस्ट नेपाल लाई प्राप्त भएको छ। तपाईंले पठाउनु भएको हरेक एस एम् एसको एक रुपैयाँ ३७ पैसा कुमार कान्छाको सहयोगका लागि खोलेको खातामा जम्मा हुन्छ । कुमार कान्छाले करिब दुइ हजार नेपाली गीत गाइसकेका छन् ।

About the author

Artist Sansar