डिजाइनर तृष्णा, मनिता र पवित्राको आकर्षक पहिरनमा क्रिस्ट्मस ईभ फेशन शो हुने, नायिका अशिश्मा ‘सो स्टपर्स’

पछील्लो समय फेसन डिजाईनिङको आकर्शण संगै बाहिरबाटै डिजाईन भएर आउने बिभिन्न खाले कपडालाई मात खुवाउने डिजाईनरहरु नेपालमा प्रस्ततै छन । यिनै डिजाईनहरु मध्ये तृष्णा गुरुङ फेसन हाउसकी संचालक तृष्णा गुरुङ, अईम्स हाउस बुटिक एन्ड फेसन स्टोरकी संचालक मनिता थापा र डिजाईनरमा पाईला चाल्दै गरेकी पवित्रा मगर पनि एक हुन । उहाँहरुले डिजाईन गरेका आकर्शक पहिरनहरु अहिले कतिपय सेलिब्रेटीहरुको पहिलो रोजाईमा पनि पर्ने गरेका छन । यिनै चर्चित डिजाईनहरुको सहकार्यमा आर्टिस्ट नेपालले ” मेरी क्रिस्ट्सस फेसन शो”को आयोजना गर्नलागेको हो । यही आईतबार, डिसेम्बर २४मा  टेकु स्थित मसला कटेजमा आयोजना गर्न लागेको यस् फेशन शोमा १ दर्जन मोडेलहरु यिनै डिजाईनरहरुको डिजाईनमा र्‍याम्प शो गर्नेछन ।

fashion designer trishna gurung

डिजाइनर तृष्णाले यस् शोको लागि आकर्शक ब्राईडल सेटहरु तयार पारेको बताईन् , त्यस्तै अर्को चर्चित डिजाईनर मनिता थापाले पार्टी थेमको लागि आकर्शक गाउन तथा लेहेङगा तयार पारेको बताईन् । डिजाईनर पवित्रा मगरले भने क्याजुयल तयार पारेकी छिन् । यस् फेसन शोमा अफिसियल मेकअप आर्टिस्ट चन्द्र गुरुङको मेकअपमा मोडेलहरु सजिनेछन ।

manita thapa fashion designer

फेसन शोमा ३ वटा सिक्वेन्समा प्रस्तुत हुने आयोजक संस्था आर्टिस्ट नेपालका संस्थापक नब ढुंगेलले बताए । पहिलो राउन्डमा पार्टी वेयर , दोस्रोमा हट एन्ड सेक्सी क्याजुलएल र तेस्रोमा ब्राईडल पहिरन हुने छ । फेसन शोलाई कोरियोग्राफी मोडेल बिपना थापाले गरेकी छिन् ।  त्यस्तै शो स्टपर्समा भने नायिका अशिश्मा नकर्मी हुनेछिन । अशिश्मा नेपाली चलचित्र तथा म्युजिक भिडियोमा कहलिएकी नायिका हुन ।

Desinger- Pabitra Magar

Desinger- Pabitra Magar