ट्यालेन्ट शोमा क्यापिटल क्वीन नेपाल

Written by Artist Sansar

सन् २०१८ को ‘ क्यापिटल क्वीन नेपाल’ को ट्यालेन्ट शो सम्पन्न भएको छ। अमेजन ईन्टरटेन्मेन्टको आयोजनामा संचालन भईरहेको यस प्रतियोगिताको ट्यालेन्ट सो दरबारमार्ग स्थित सीडब्लु रेस्टुरेण्टमा सम्पन्न भएको हो। उक्त ट्यालेन्ट राउण्डमा चर्चित फेशन कोरियोग्राफर हिमानी सुब्बा, म्युजिक भिडियो निर्देशक तथा आर्टिस्टनेपालमा डाईरेक्टर नव ढुंगेल, मिसेस ग्लोबल नेपाल फस्ट रनरअप लिलादेवी निरौला नृत्य निर्देशक रहेका थिए।
बिबाहित तथा अविवाहित दुबैले स्पर्धा गर्न मिल्ने यस् प्रतियोगिताको ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरुले नृत्य, बाध्यबाधन तथा गायन, अभिनय, कुक, मेकअप, कबिता बाचन, वक्तृत्व कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन गरी निर्णायक मण्डलको मन जित्ने प्रयास गरेका थिए। यस् शोबाट प्राप्त हुने ‘मस्ट ट्यालेन्ट’ को बिजेता घोषणा भने अन्तिम स्पर्धाका दिन हुनेछ।

यस प्रतियोगितामा ॠषिका थापा, अस्मिता राई,अनिशा तामाङ्ग, निमा बम्जंग, अनिशा श्रेष्ठ कर्मचार्य, दिबिना शाही, सुनिता स्याङ्गतेन, देवी तामाङ्ग, स्मृति लुन्गेली, आशा थापा, गङ्गा कंडेल तथा तुलशा बराल रहेका छन्।

आयोजक संस्था अमेजन ईन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक कमल खतीवडाले आगामी असोज २५ गते जमल स्थित राष्ट्रिय नाचघरमा यस प्रतियोगिताको अन्तिम स्पर्धा हुने बताए। अन्तिम स्पर्धा कास्टमण्ड्प टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। आर्टिष्ट नेपालको मिडिया सपोर्टमा कुबेर तामाङ्गले फोटोग्राफी गरेका छन् भने प्रतियोगीताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी छिन्।

हाल, अन्तिम स्पर्धाको लागि ट्रेनिङ्ग आर्टिस्ट नेपाल स्टुडियोस एण्ड प्रोडक्सन हलमा संचालन भईरहेकोछ।

About the author

Artist Sansar