सुष्मितालाई “म त तिम्रै हुँ” टिमको बर्थ डे सरप्राइज

नायिका तथा निर्मात्री सुश्मिता बम्जनलाई पोष्टप्रोडक्सन को क्रममा रहेको फिल्म “म त तिम्रै हुँ” को निर्माण युनिटले जन्मदिनमा सरप्राइज दिएको छ..[+]

https://artistnepal.com/

https://artistnepal.com/

"

नायिका तथा निर्मात्री सुश्मिता बम्जनलाई पोष्टप्रोडक्सन को क्रममा रहेको फिल्म “म त तिम्रै हुँ” को निर्माण युनिटले जन्मदिनमा सरप्राइज केक दिएको छ ।


नायिका तथा निर्मात्री सुश्मिता बम्जनलाई पोष्टप्रोडक्सन को क्रममा रहेको फिल्म “म त तिम्रै हुँ” को निर्माण युनिटले जन्मदिनमा सरप्राइज केक दिएको छ । राजधानीको एक क्याफेमा फिल्म युनिट र निकटका सिमित व्यक्तिहरु माझ उनले जन्म दिन मनाएकी हुन् । केक काट्ने कार्यक्रममा छोरा अनमोल केसी, निर्देशक श्रीराम महत,हर्कुलेस बस्नेत,आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना योगी, अनुपम श्रेष्ठहरुको मात्र सहभागी थिए । कार्यक्रममा कलाकार युनिटले सुटिङलाई मिस गरेको बताए ।
सम्पूर्ण छायाँकन सकिएको चलचित्र अहिले पोस्ट कार्यमा छ । श्रीराम महतले निर्देशन गरेको चलचित्रमा सुस्मिताको साथमा सुशिल काफ्ले, आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना योगी, अनुपम श्रेष्ठ र सुसन खड्का रहेका छन ।
चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन, हर्कुलेस बस्नेतको संगीत, सुस्मिताकै कथा, कृष्ण आचार्यको पटकथा तथा संवाद रहनेछ ।
चलचित्रको कथावस्तुले अनमोललाई नखोजेकाले उनलाई नलिएको कलाकार सुस्मिताको भनाई छ । अनमोलले पनि चलचित्रमा लगानी गर्न पाउँदा खुशी लागेको बताए । उनले यो चलचित्र सफल भएको खण्डमा अरु चलचित्र पनि निर्माण गर्ने बताएका छन् ।
चलचित्रले महिला संवेदना, युवा पुस्ताको कथालाई उठान गर्नेछ । करिब ५ बर्षपछि सुस्मिता चलचित्र निर्माण तथा अभिनयमा फर्किएकी हुन् ।