गायिका तथा मोडलको रुपमा स्थापित हुँदै भावना आचार्य (फोटो फिचर)

Written by Artist Sansar

विक्रम सम्वत २०५३ सालमा दैलेखको वडालम्जी गाविसमा आमा सत्यदेवी र बुवा अविलाल आचार्यको जेठी छोरीका रुपमा जन्मिएकी लोक गायिका तथा मोडल भावना आचार्य यतिबेला रामचन्द्र काफ्लेसंग गाएको ‘बग्ने खोला’ गित चर्मामा आए संगै उनिपनि चर्चामा आउन थालेकी छिन्। लोक संगीतलाई बेस बनाएर साँगितिक क्षेत्रमा भविश्य खोज्दै गरेकी उनले करिब तीन दर्जन गीतमा स्वर दिइसकेकी छन् उनले ल्याएको गीत ‘कलाकारको जिन्दगी’ ‘जब माया नजिकै’ ‘माया बस्ला फेरी’ ‘यसपाली तिजमा लगायतका गीतलाई धेरै दर्शकले रुचाएका छन्।

दैलेखकै हिमालय उच्च माध्यमिक विद्यालयबाट प्लस-टु परीक्षा दिएर काठमाडौं आएकी भावना विद्यालयमा हुने अधिकांश कार्यक्रममा गाउने र नाच्ने गर्दथिन, धेरै कार्यक्रम तथा प्रतिस्प्रधामा सहभागी भएर धेरै प्रथम पुरस्कार पनि हात पारेकी उनलाई कलाकारिताको रसले उन्मुक्तनै भईसकेकी थिईन।

२०७१ सालमा गीत रेकर्ड गराउन काठमाडौं आएकी उनले पहिलो पटक गायक रामजी खाणसँग ‘मेरो त बुढा कानमा टप लाउने,भट्टीमा धाउने, राती राती आउने, गीत गाएर संगीतमा प्रबेश गरिन, त्यसपछी लगातार माया बस्ला फेरि, पानी माथि आगो बल्दैन, सिंगापुरे सारीमा नाच्छु फरर लगयातका दर्शक श्रोतादिर्घाबाट निकै रुचाइएका गीत लिएर आईन।
फोटो : कुबेर तामाङ्ग
स्टुडियो: आर्टिस्टनेपाल स्टुडियोज एण्ड प्रोडक्सन

About the author

Artist Sansar