पाचौं संस्करणमा आयोजना हुन लागेको ‘ब्युटिसियन नेपाल – २०१९’ को प्रतियोगीहरु यो बेला ट्रेनिङ सेसनमा छन । १६ जना प्रतिस्प्रधी रहेको यस् संस्करणमा श्रेया पुन मगर, हेमा पुन मगर, मनु थापा मगर, संगिता तामाङ, आश्मा थापा, प्रमिला खुलाल, मिना श्रेष्ठ, सुमित्रा सुबेदी, कल्पना पौडेल, निर्मला विश्वकर्मा, चन्द्रकला गिरी, लक्ष्मी अधिकारी, कौशिला महर्जन, मिना बस्नेत, सबनम नगरकोटी र मनिता महर्जन रहेका छन ।
ब्युटिसियन पेशामा आबद्द क्षमतावान ब्युटिसियनहरुलाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने र यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्य र ब्युटिसियनहरुलाई सामाजिक काममा अग्रसर गराउने, एक आपसमा परिचित गराउने अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको पुरानो एबं प्रतिष्ठित प्रतियोगिता ब्युटिसियन नेपालको फिनाले चैत्र १४ गते राष्ट्रिय नाचघरमा हुने आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए ।
प्रतियोगीलाई अफिसियल कोरियोग्राफर हिमानी सुब्बाले कोरियोग्राफी गर्दै छिन् ।