बबिताको गीतमा मिसेस क्विन स्यान्डीको यस्तो प्रस्तुती

Written by Artist Sansar

गीतमा मिसेस क्विन नेपाल–२०१७ प्रतियोगितामा फस्ट रनर अप भएकी स्यान्डी भण्डारीले फिचरिङ्ग गरेकी छिन्

नेपाली गीतसंगित का दर्शक श्रोताको रोजाईमा पर्न सफल गायिका हुन बबिता मानन्धर । बबिताका धेरै गीत लोकप्रिय छन । यिनै चर्चित गायिकाले आफ्नो नयाँ गीत अल्मल अलमल सार्वजनिक गरेकी छिन् । ॐ प्रकाश श्रेष्ठको शब्द र सुरेश मानन्धरको संगीत रहेको गीतमा मिसेस क्विन नेपाल–२०१७ प्रतियोगितामा फस्ट रनर अप भएकी स्यान्डी भण्डारीले फिचरिङ्ग गरेकी छिन् । सुन्दरता र हरेक कुरामा अब्बल स्यान्डी तथा उनको टिमलाई सन्तोषी गुरुङले कोरियोग्राफी गरेकी छिन् ।

ALMAL ALMAL BABITA MANANDHAR FT. SANDY 2 ALMAL ALMAL BABITA MANANDHAR FT. SANDY 3
भिडियोलाई क्यामरा ,एडिट तथा निर्देशकको रुपमा गायक फराज अर्पणले साथ दिएका छन ।

About the author

Artist Sansar