“आर्टिस्टनेपाल फेशन शो” को आयोजना हुने

बिगत ८ बर्ष अघीदेखी मिडिया, प्रोडक्सन र एजेन्सीको रुपमा कार्यरत संस्था आर्टिस्टनेपाल ले भब्य फेसनशो को आयोजना गर्नेभएको छ

https://artistnepal.com/

https://artistnepal.com/

"

बिगत ८ बर्ष अघीदेखी मिडिया, प्रोडक्सन र एजेन्सीको रुपमा कार्यरत संस्था आर्टिस्टनेपाल ले भब्य फेसनशो को आयोजना गर्नेभएको छ । “आर्टिस्टनेपाल फेशन शो” टेकु स्थित मसला कटेजसंगको सहकार्यमा उक्त फेसन शो हुन लागेको हो । आयोजक संस्थाले यही शनिबार अर्थात भाद्र १७ गते आर्टिस्ट नेपालको कार्यालय परिसरमै अडिसन पनि राखेको छ । अडिसनबाट छनौट भएका मोडेल शोमा भाग लिन पाउनेछन । आयोजक संस्थाले model@artistnepal.com मा आफ्नो विवरण ईमल गर्न सकिने पनि बताएकोछ ।

अडिसनबाट सेलेक्ट भएका मोडेलहरुलाई फेसन शो बाहेक म्युजिक भिडियो, फोटोसुट तथा बिज्ञापनमा पनि अबसर प्रदान गरिने आयोजकले बताएको छ । आर्टिस्ट नेपाल नेटवर्क अन्तर्गत मिडियाहरुमा “आर्टिस्ट म्यागजिन, राष्ट्रखबर पत्रीका, र फेयर ईक्प्रेस म्यागजिन” प्रकाशित् छन भने अनलाईनमा अर्टिस्टसंसार डट कम। रंगपेज डट कम् , राष्ट्रखबर डट कम ईफेयरएक्प्रेस डट कम संचालित छन भने प्रोडक्सन अन्तर्गत हालसम्म ८० भन्दा बढी म्युजिक भिडियो निर्माण , १ दर्जन जती बिज्ञापन निर्माण, र मोडेलिङ तथा बिज्ञापन र म्यागजिन तथा पत्रपत्रीकाको लागि पोर्टफोलियो फोटोसुट हुने गर्दछ ।