चर्चा चुलिदै गायिका अर्पणा श्रेष्ठको, नयाँ भिडियो ‘अघि बढौँ’ पनि हिट

Written by Artist Sansar

नेपाली संगीतमा सबै परिवार नै आबद्द छन गायिका अर्पणा श्रेष्ठको । गायिका अर्पणा श्रेष्ठकी छोरी क्रिस्टिना श्रेष्ठ पनि संगीतमै आबद्द छिन् । उनको पनि ‘रहर’ र ‘परि’ बोलको गीत युट्युबमा धेरैले हेरेका छन ।

तिमी हिंड्ने गोरेटोमा …बोलको गीतबाट चर्चाको शिखरमा पुगेकी गायिका अर्पणाका पुर्णेको जुन , अर्को जूनी लगायतका हिट गीतहरु छ्न । पुर्णेको जुन मार्फत गायक सुगम पोखरेलको साथमा दर्शक श्रोता माझ आएकी अर्पणाको यसको चर्चा सेलाउन नपाउदै अर्को गीत ‘अघि बढौँ’ को पनि दिन प्रतीदिन चर्चा चुलिदै छ । उनको नयाँ भिडियो ‘अघि बढौँ’ हिटलिस्टमा छ ।

म्युजिक भिडियो ‘अघि बढौँ’ मा अर्पणालाई गायक ससान कडेँलले साथ दिएका छन । यस गीतलाई भावना खतिवडाले लेखेकी हुन् भने कल्याण सिंहले संगीत भरेका हुन् ।विकास भुजेलको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । त्यस्तै, सिर्जन बरालको कोरीयोग्राफी तथा निशान घिमिरेको सम्पादन रहेको उक्त भिडियोलाई गायक स्वयंले निर्देशन गरेका हुन् ।

यस् भिडियोमा ससान कडेँल, माला लिम्बु, आरजेश, देव, शंकर र विनोदको अभिनय रहेको छ । उक्त भिडियोमा यी चार जनाको रोमान्स रहेको छ ।

About the author

Artist Sansar